
चेकिङमा सौतेनी व्यावहार
‘बेकामे ट्राफिक’
नुवाकोटको सदरमुकाम आसपासका सडकहरूमा अहिले ट्राफिकले दुई पाङ्ग्रे सवारीसाधनको ‘सात्तो’ लिने गरेको छ । अझ भर्खरै स्कुटर सिकेर कानीकुती चलाउन जान्नेहरू त ट्राफिक पोसाक देख्ने वित्तिकै हात लर्वराएर स्कुटर लडाईहाल्छन् । केही दिन अघिदेखि ट्राफिकहरूको नजर दुई पाङ्ग्रमा मात्र छ त ? सवैको चासोको विषय बनेको छ तर, उनीहरू किन यही सडकमा चल्ने अन्य सवारी साधनको कुनै वास्ता नै गर्दैनन् ? के छ यसको रहस्य ? कि अव चार पाङ्ग्रे भाडाका सवारी साधनहरूको जस्तै मोटरसाइकल चलाउनेहरूको पनि समिति बनाएर ‘हप्ता’ ‘मासिक’ वा ‘दशैं तिहार टिप्स’ बुझाएर छुटकारा पाउने हो ? यही सेरोफेरोमा रहर त्रिशुली खबरले तयार पारेको सामग्री ।

दुई पाङ्ग्रे सवारी साधनको विलबुक, मोटरसाइकल चलाउनको लाईसेन्स हेर्दैमा आफूलाई ‘ठूला’ ठान्नेहरूको जमात बढी भइसकेको छ । आखिर किन दुई पाङ्ग्रेमा मात्र चेकिङ ? काठमाडौं त्रिशुली चल्ने र नगर यातायात अन्तर्गत चल्ने चार पाङ्ग्रे र अन्य सवारी साधनलाई भने ट्राफिकहरूले निर्वाद रूपमा छाड्ने गरेको छ । भनौं न त उनीहरूको लाईसेन्स चेक हुन्छ न त बिलवुक नै ।
हर्न विनाका माईक्रोवस
यातायातका सवारी साधनमा नभै नहुने हर्न एउटा हो तर, नगर क्षेत्र र आसपासमा चल्ने अधिकांश माईक्रोवसको हर्न छैन । भएपनि हुनुपर्ने स्थानमा छैन । हर्न बजाउनु पर्ने बेलमा ड्राईभरले स्टेरिङ नै छोडेर ढोकाको एउटा कुना वा अन्यत्र राखेको स्थानवाट हर्न बजाउने गरेको छन् । स्टेरिङमा हुने हर्न ढोकामा हुँदा चालकको ध्यान अन्यत्र नजाला भन्न सकिँदैन । यो बारेमा अहिलेसम्म जिल्लामा रहेको ट्राफिकहरूले र सम्वन्धित निकायले चासो नदेखाएको देख्दा त लाग्छ, उनीहरूले राम्रै ‘हप्ता’ बुझिरहेका छन् ।
विदुरवाट बट्टारसम्म जान लागेको मदनपुरका दिपक पाण्डेले भने –‘घुम्तिमा ड्राईभरले हर्न बजाउन खोज्दा एक हातले स्टेरिङ छोड्यो त्यही बेला उसको मोवाईलमा फोन आयो र अर्को हात पनि स्टेरिङवाट हट्यो धन्न बाँचियो’ उनले लोकल माईक्रोवसको वेतिथि र ट्राफिकहरूको नालायकपनको धज्जी उडाउँदै भने –‘ यात्रुको उनीहरूलाई के मतलव ‘उनीहरूलाई हप्ता’ आए भंै हाल्छ नी ।’ हर्न नहुने र कम्पनीले नै राखिदिएको स्थानमा हर्न नराखी अन्यत्रै राख्ने लोकल यातायात मात्र होइन, काठमाडौं–त्रिशुली र त्रिशूली देवीघाट चल्ने अधिकाशं वसमा हर्न हुने ठाउँमा छैन अन्यत्र राखिएको छ ।
क्षमता भन्दा वढी यात्रु ः
तिहारको समयमा बेलकोटमा भएको वस दुर्घटनामामा १४ जना यात्रुहरूको मृत्यु भएपछि स्थानीय प्रशासनले क्षमता भन्दा बढी यात्रु राख्न नदिनका लागि प्रयास गरेको देखिन्छ । तर, क्षमता भन्दा बढी यात्रु राख्न नदिने प्रशासनको कडा निर्देशन गरेपनि स्थानीय प्रशासनको आँखा छलेर माइक्रोवसहरूले क्षमता भन्दा धेरै यात्रु राख्ने गरेका छन् । क्षमता भन्दा बढी यात्रु राख्न नदिने तर, डिटेनमा राखेका सवारी साधनलाई सञ्चालन नगर्ने प्रशासन र व्यवसायीको मिलेमतोले पनि यातायात अझै सुरक्षित नभएको सरोकारवालाहरू बताउँछन् । ‘क्षमता भन्दा धेरै यात्रु नराख्ने निर्णय भएपनि यातायातका साधन थप नहुँदा समस्या भएको छ, मदानपुरमा माधव पाण्डेले भने– ‘त्रिशूलीदेखि रानीपौवासम्म लोकल वसको व्यवस्था नभएसम्म क्षमता भन्दा बढी यात्रु राख्ने क्रम रोकिने वाला छैन ।’ पाण्डेका बेलकोट, मदानपुर, चाउथे, कुमरी, ककनीलगायतका गाविसका स्थानीयबासीहरू दैनिक सदरमुकाम ओहोरदोहोर गर्नुपर्ने रूटमा सीट क्षमता भन्दा बढी यात्रु नराख्ने निर्णयले समस्या भएको छ ।
माइक्रोका दुई सीट
नेपाल माइक्रो वस सेवा समितिका माइक्रोवसको सीट नं. १ र २ जो सुकै व्यक्तिले किन्न पाउँदैनन् । कारण के हो भने नेपाल माइक्रोवसले काठमाडौं छुटाउने गाडीमा चालकसँगको मिलेमतोमा टिकेट ‘राम्री केटी’हरूका सुरक्षित गरिएको हुन्छ । माछापोखरीस्थित काउन्टरमा टिकट लिन जानेहरूले माइक्रोवसका सीट नं. १ र २ मागेपनि काउन्टरका कर्मचारीहरूले दिन आनाकानी गर्ने गरेको विदुरका एक यात्रुले बताए ।
‘चालक र टिकट काट्नेको मिलेमतोमा ‘केटी’ आएमा मात्र सो नंं को टिकट दिने गरिएको छ, ती यात्रु भन्छन्– ‘त्यो पनि चालकको सिफारिसमा मात्र ।’ चालकहरूवीच आफूसँग कस्ले कस्ता ‘केटी’ राख्ने भन्ने होडवाजी र अरू गाडीका चालकलाई देखाउनकै लागि भएपनि उनीहरू यस्तो हर्कत अपनाउने गरेका हुन् । यात्रुहरूका अनुसार बस छुट्ने समयसम्म पनि दुई सीट केटीहरूका लागि सुरक्षित गरिएको हुन्छ । बस छु्ट्नै लाग्दा चालकले सोचेअनुसार टिकट विक्री नभए मात्र उक्त टिकट अन्य यात्रुहरूका लागि दिने गरिएको छ ।
‘रमिते प्रशासन’
सार्वजनिक यातायातमा चलनचल्तीको भाडा तिरेर निर्धक्क, स्वतन्त्रतापूर्वक आवतजावत गर्न र सुरक्षितरुपमा गन्तव्यमा पुग्न पाउनु हरेक यात्रुहरुको अधिकार हो । तर, नुवाकोट जिल्लामा सञ्चालन हुने हरेकजसो सवारी साधनहरुमा दैनिक सयौं यात्रु ठगिइरहेका छन् । ठगिनु त अब सामान्यजस्तै बनेको यातायातमा भनेजति पैसा तिरेर पनि चालक र सहचालकको हप्कीदप्की, बलमिच्याईं अनि गुन्द्रुक खाँदिएझैँ कोचिएर यात्रा गर्नुपर्दाको पिडा झनै असह्य बन्दैछ, नागरिकहरुमा । यसबाहेक, क्षमताभन्दा अधिक यात्रु बोक्ने अस्वस्थ्य प्रतिस्पर्धा र प्रवृति मौलाइरहेको यहाँको सडकमा कहालिलाग्दो दुर्घटनालाई पनि निम्तो दिइरहेको छ । एकैपटक धेरै ‘कमाउने’ अवैध धन्दाको यातायात नामक ‘पिँजडा’ भित्र निर्दोश यात्रुहरु लुटिएका छन्, ठगिएका छन् र चरम यातनाले पिल्सिएको अदृश्य चित्कार सुनिन्छ यहाँभित्र । नियमित रुपमा अनुगमन, नियमन र नियन्त्रण गर्नुपर्ने जिम्मासहितको पदवी पाएर बसेको प्रशासन रमिते र मुकदर्शक छ । यातायातभित्र खुलेआम भैरहेको मनपरी, गुण्डागर्दी र ब्रह्मलुटसम्बन्धि रामहरि गजुरेलको खोजपुर्ण रिपोर्ट ।
दृष्य नं.१–
पुरानो र जिर्ण देखिने माइक्रोबसभित्र त्रिशूली बजारबाट गल्छीतर्फ जाँदाको संवाद र दृष्य
सहचालकः कहाँ ओर्लने ? भटाभट भाडा झिक्नुस् त ! ‘ए बुढी आमै तपाईं पहिला दिनुस् ।’
यात्रु (बुढीआमै) ः बाबु खुट्टा राख्न नि ठाउँ पा’को छैन, ओर्लनीबित्तिकै दिन्छु नि हुँदैन ?
सहचालकः यो त कस्ती किचकिचे बुढी रैछे यार (झपार्दै)....ए बुढी खुरुक्क दिने, यहाँ सबैलाई अफ्ट्यारो त छनी कस्लाई छ सजिलो ?
यात्रु (बुढीआमै) ः मेरो छोरा नातीजस्तो मान्छे बाबु तिमी । मेरो मर्का त बुझ्देउ,
सहचालकः के ठिस् कुरा गरि’रा ! सबैले यसै भनेर पैसा नदिने बहाना, यस्तो सुन्न थाले जोगी भइन्छ ए । के हामी नोकर हौँ र ?
दृष्य नं. २–
बट्टारदेखि खानिगाउँ (ढिकुरे) जाँँदा
विद्यार्थीको ड्रेसमा रहेका एक यात्रुले आफ्नो क्याम्पसको परिचय पत्र सहित छुट माग्दै सहचालकको हातमा पैसा थमाउँदै थिए ।
सहचालकः छुटसुट छैन ! (परिचय पत्र फ्याँक्दै) सित्तैमा चढ्नलाई त तेरो बाउले किन्देको गाडी हो र यो ?
चालकः (अचानक बस रोक्दै) ओई ‘खले !’ भाडा दिन किचकिच गर्नेलाई यहीँ घोक््रयाएर झार्दे न, सक्दैनस् ?
दृष्य नं. ३–
काठमाण्डौंबाट त्रिशूली जाने बसमा
गएको तिहारको समय बसभित्र खचाखच यात्रुले भरिएका थिए । धेरैजसो महिला । बच्चा बोकेका र अन्य अशक्त महिलाहरु चेपिएर चिच्याउँदै थिए भने बच्चाहरु रुँदै । भएका केही ‘उरन्ठेउला’ केटाहरुले युवतीहरुलाई असहज हुनेगरी जिस्काउँदै र छुँदै गरेको दृष्य लाजमर्दो थियो । यस्तै मौका छोपेर सहचालकसमेतले संवेदनशील अंगमा अनावश्यक छोएको दृष्य झनै आपत्तिजनक थियो ।
यात्रु
(युवती)ः (चिच्याउँदै) कस्ले मेरो जीउमा समातिराख्छ.... ?
चालकः भीडभाडमा त यस्तो भैहाल्छ नी, कि भने गाडी नै नचढ्नु । आफुलाई त फूली (उनीहरुले कोड भाषामा महिलालाई फूली भन्दा रहेछन्) नहेरी गाडी चलाउने जाँगर त आउँदैन !
यी र यस्ता पात्र अनि प्रशंगहरु सामान्य उदाहरण मात्रै हुन्, नुवाकोटका सडकमा गुड्ने सार्वजनिक यातायातका साधनहरुमा । निजीको चङ्गुलमा रहेको सार्वजनिक यातायातको जताततै अस्तव्यस्त व्याप्त छ । सरकारको प्रत्यक्ष निगरानी नहुँदा सार्वजनिक यातायातमा भाडादरदेखि लिएर यात्रु तानातान, मनपरी रकम असुली र खचाखच मान्छे बोक्न छुट दिएझैँ छ । यस्तो बेतिथि बढ्दा पनि स्वंय यातायात व्यवसायी संघ, नियमनकारी निकाय, प्रशासनहरु ‘कानमा तेल’ हालेर बसेको पाइन्छ । सार्वजनिक यातायातमा निजीको बर्सच्चले सोझासाझा, बृद्धवृद्धा, महिला र अपाङसँगै सामान्य नागरिक तथा विद्यार्थीहरु बढी आक्रान्त बनेका छन् । सरकारको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालयजस्ता निकायहरुको प्रत्यक्ष निगरानी नहुँदा सर्वत्र मनपरी उनीहरुको पञ्जामा छ । जसले गर्दा सोझासिधामाथि भइरहेको ब्रम्हलुट, कुण्डले–मुण्डललाई छुट हुने गरेको छ । यसलाई स्वीर्कादै बस व्यवसायी संघका एक स्टाफ भन्छन् ‘पैसा छैन स्टाफ भनेपछि के गर्ने ल्याइदिनै प¥यो । यस्तो हुँदा नियमअनुसारको भाडादर र सिटअनुसारको यात्रु बोक्दा कति पैसा कमाई हुन्छ र ?, उनी तितो तर, सत्य कुरा ओकल्दै भन्छन्, जसरी नी नाफा गरेरै सबैलाई पुग्दो कमाउनै पर्ने ।’ उनी पनि यस्ता संस्कारको अन्त्य गर्न प्रशासन र सरकार खुलेर लाग्नु पर्ने तर्क राख्छन् ।
सरकारले यातायात भाडादरको नियममा स्पष्ट उल्लेख गरेबमोजिम घाइते, अपाङ्ग र विद्यार्थीलाई दिनुपर्ने ४५ प्रतिशत छुटको कार्यान्वयन भएको पाइदैन । कतिपयले छुट दिने नाममा परिचयपत्रको प्रतिलिपी माग्नेजस्ता अव्यवहारिक तर्कले छुटको नियममाथी नै खिल्ली उडाएको सरोकारवालाहरुको दुःखेसो छ । भाडादर टाँस नगर्नु, आरक्षण सिटको कार्यान्वयन नगर्नु र नगराउनुजस्ता वेथीतिले सम्बन्धित यातायात समिति र नियमन र नियन्त्रण गर्ने निकायको वैधानिकतामाथी प्रश्न उठाउनुपर्ने उपभोक्ता अधिकारकारकर्मीहरु बताउँछन् । अर्कोतर्फ यातायातमा हुने फोहोर र सिटमा पालिएका उडुस र जुम्राको टोकाईले यात्रुहरुको कठिनको यात्रा बन्ने गरेको छ, यसमा कसैको ध्यान आजसम्म पुगेको पाइदैन । सवारी नविकरण नगरी सञ्चालन, जिर्ण र थोत्रा सवारी साधनले यात्रुको यात्रालाई अनिश्चित बनाएको छ । कतिखेर कहाँ गएर रोकिने र अलपत्र परिने अनि दुर्घटनामा परिने हो ? हरेकले त्रासदीपूर्ण यात्रा गर्न बाध्य छन् । अझ विदुर नगरपालिका क्षेत्रभित्र चल्ने अधिकाँश बस त्यसमा पनि माइक्रोेबस हरु गुड्दागुड्दै बीच बाटोमै बिग्रने र ‘भत्कने’ गरेका उदाहरणहरु अहिले पनि सडकका ठाउँठाउँमा देख्न पाइन्छ ।
यातायातभित्र आरक्षण सिटलाई वेपर्वाह छाडिएको छ । नदेखिएको चरम महिला हिंसा यसैभित्र छ । चालक, खलाँसी र कण्डक्टरको फोहोरी, अश्लिल शब्द र गालीगलौजले यातायात क्षेत्र बदनाम छ यतिखेर । गन्हाएको र घिनलाग्दो छ सार्वजनिक यातायातभित्रको वातावरण । हरेक नागरिकको गुनासाले यही भन्छ । यही प्रसंग कोट्याउँदा बसका एक चालक भन्छन्, ‘गाडी लाइन यस्तै विन्दास हुन्छ, यो नभए त हरेक टेन्सन र पारिवारिक चिन्ताले कहाँ चल्न सकिन्छ र ?, उनले यातायात क्षेत्रमा सिक्ने संस्कार आफूहरुको लागी नौलो नभएको बताए र भने, ‘रामरमिता र मोजमस्ती हरेक मान्छेलाई चाहिन्छ, तर हामीलाई धेरै चाहिन्छ, जिस्किने ठट्टा गर्दैमा कसैले नराम्रो ठान्नु पनि गलत हो ।’
असमान भाडा
भाडादर नेपाल सरकारले नै तोकेको बमोजिममात्रै लिन पाइने भनेर कार्यालयको एनेमा तोकेको छ । तर, त्यही भाडामा बसहरुले यात्रुहरु गन्तव्यमा पुर्याउछन् त ? आम नागरिकको प्रश्न हो यो । गन्तव्यमा हिडेका सोझासिधाबाट बढी भाडा असुल्ने रोग नै हो यातायातमा कार्यरत मजदुरहरुको । उनीहरुले सोझासिधालाई तोकिएको भाडामा मौका मिले दोब्बर नै लिने र कुण्डलेमुण्डलेलाई भाडै नलिने कारण पनि अहिले सार्वजनिक यातायात सर्वत्र आलोचित बन्न पुगेको छ । ‘भाडामासमेत मोलमोलाई गरिदिन्छन्, एक यात्रु अम्बर केसी भन्छन् । उनले यातायात व्यवस्था विभागको तोकिए भन्दा बढी भाडा नलिनु पर्ने उनको तर्क छ । भाडालगायतमा यात्रुमाथि गरिने दुर्व्यबहारलाई नियन्त्रण गर्ने सरकारी निकाय नै त्यही हो, जिल्लाकोहकमा प्रशासन कार्यालय बढी जिम्मेवार छ’, उनी भन्छन् । २–४ रुपैयाँको लागि कानूनी उपचारमा कोही नजान पनि सक्नान् । तर, यो भन्दा धेरै रकम भाडाका नाममा जिल्लामा चल्ने अधिकांश सार्वजनिक यातायातले पलपलमा यात्रुलाई ठगिरहेका छन् । यसको अनुगमन आजसम्म कसैले गरेका छैनन् । यात्रुवाहक बस, माईक्रोबस तथा मिनिबसले हाकाहाकी यात्रु ठग्ने गरेको तथ्य खोज्न धेरै भौतारिनु पर्दैन । तपाइँ हामी नै त्यसको साक्षी छौँ । एउटै रुटमा चल्ने एउटै प्रकृतिका सवारीमासमेत फरक–फरक भाडा तिर्न परेपछि यात्रुहरू निकै मर्कामा परेका छन् । ‘चढ्यो कि १५ रुपैयाँ झ¥यो को नीतिले त नगर क्षेत्रभित्रको बट्टारदेखि त्रिशूली चल्ने सार्वजनिक यातायात पनि मिटर ट्याक्सी जस्तै भएको छ । त्यसमा पनि आधिकारिक भाडादर बसमा नराख्ने र पार गरेको दुरीअनुसारको भाडा नलिई जति मन लाग्यो उतिनै पैसा उठाउने सहचालकहरूको प्रवृत्तिले त दैनिक सयौँ यात्रु ठगिइरहेका छन् । जसबाट दैनिक मोटो रकम यातायात व्यवसायीको हातमा पुग्ने गरेको छ । तर, यसरी खुलेआम यात्रुहरू ठगिरहँदा पनि सम्बन्धित निकाय भने मुकदर्शकमात्रै बनिरहेको आम सर्वसाधारण गुनासो गर्छन् । ‘आखिर पीडित यात्रुको मर्म कसले बुझिदिन्छ ?’ त्रिशूली बजारमा बसोवास गर्ने संगिता खड्का दुःखेसो गर्छिन् । कामको शिलशिलामा उनी सँधै माइक्रो बसमा बट्टार बजार पुग्नुपर्छ तर उनले एउटै सवारी साधनमा एउटै दुरीको प्राय फरक–फरक भाडा तिर्ने गरेकी छन् । बसैपिछे फरक भाडा तिर्नुपरेको उनको यो गुनासो साझा समस्या हो । बिहान १५ रुपैयाँ तिरेर आएपनि कुनै बसका सहचालकले २० रुपैयाँसम्म लिन खोज्छन् । कहिले चानचुन पैसा छैन भनेर टार्छन् त कुनैले झगडा नै गर्न खोज्छन् र २ देखि ५ रुपैयाँ थपेरै दिने गरेको उनी बताउँछिन् । यो हेर्दा सामानय थोरै रकम जस्तो लाग्छ, तर सयौँ यात्रुबाट यसरी सर्वस्व ब्रह्मलुट हुन्छ । त्यस्तै बट्टारबाट गल्छी जानेक्रममा गेर्खुका प्रकाश न्यौपानेले पनि तोकेभन्दा बढी भाडा एक सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो पोख्छन् । कतिलाई त भाडा ६३ रुपैयाँ मात्रै हो किन बढी चाहियो भनेपछि आफूतिर सोझो आँखाले हेर्दै नहेर्ने गरेको रोचक प्रसङ्ग पनि उनी सुनाउँछन् । ‘गल्छी जाने रुटमा सरकारले तोकेको ६३ रुपैयाँ भएपनि यहाँ ब्रह्मलुट नै चल्छ, न्यौपानेले भने, ‘बस भाडा र रुट जान्ने हामीजस्ता सचेत यात्रुलाई त खुलेआम ठग्न खोज्ने यिनिहरूले सामान्य मान्छेलाई कतिसम्म ठग्दाहुन्’, उनी प्रश्न गर्छन् । कामको शिलशिलामा प्रायः काठमाण्डौं आवतजावत गरिरहने बेल्कोटका हरिकृष्ण पाण्डेले एकसय ५० रुपैयाँ तिरे पुग्छ । तर, आफुले कहिले २०० र त्यो भन्दा पनि माथि भाडा तिर्नुपरेको तितो यथार्थ सुनाउँछन् । पिच सडकमा गुड्ने सवारी साधनले पनि कचची बाटोकैसरह रकम असुल्ने हुँदा यात्रुहरु गन्तव्यमा पुग्न भनेजति भाडा तिर्न बाध्य छन् । ‘तनेजति नदिए बसमा चढ्नै दिँदैनन्’, देउराली गाविसकी मेङ्मा वाइवाले आफ्नो भोगाई सम्झदै भनिन्, ‘नत्र बिचमै ओर्लिएर हिँड्नुपर्छ ।’ तर, पासाङल्हामु यातायात बस समितिका अध्यक्ष कुलबहादुर खड्की यसलाई अस्विकार गर्छन् र भन्छन् ‘हामीले सरकारले तोकेको भाडादरभन्दा बढी लिएका छैनौं, तोकेको मात्रै लिएका छौं । कहीँकतै समस्या भएको कुरा बेग्लै हो ।’ अन्य यातायातका साधनहरुमा भन्दा न्यूनतम् भाडा आफूहरुको भएको उनको दाबी छ । त्यसैगरी, नगर यातायात सेवा समितिका अध्यक्ष अशोक थापाले पनि तोकिएकै दरमा यातायात सञ्चालन गरिरहेको बताए । ‘हामीले भाडादर बढी असुली गरेको सत्य होइन र क्षमताभन्दा बढी यात्रु पनि बोकेका छैनौं ।’
भाडादर नेपाल सरकारले नै तोकेको बमोजिममात्रै लिन पाइने भनेर कार्यालयको एनेमा तोकेको छ । तर, त्यही भाडामा बसहरुले यात्रुहरु गन्तव्यमा पुर्याउछन् त ? आम नागरिकको प्रश्न हो यो । गन्तव्यमा हिडेका सोझासिधाबाट बढी भाडा असुल्ने रोग नै हो यातायातमा कार्यरत मजदुरहरुको । उनीहरुले सोझासिधालाई तोकिएको भाडामा मौका मिले दोब्बर नै लिने र कुण्डलेमुण्डलेलाई भाडै नलिने कारण पनि अहिले सार्वजनिक यातायात सर्वत्र आलोचित बन्न पुगेको छ । ‘भाडामासमेत मोलमोलाई गरिदिन्छन्, एक यात्रु अम्बर केसी भन्छन् । उनले यातायात व्यवस्था विभागको तोकिए भन्दा बढी भाडा नलिनु पर्ने उनको तर्क छ । भाडालगायतमा यात्रुमाथि गरिने दुर्व्यबहारलाई नियन्त्रण गर्ने सरकारी निकाय नै त्यही हो, जिल्लाकोहकमा प्रशासन कार्यालय बढी जिम्मेवार छ’, उनी भन्छन् । २–४ रुपैयाँको लागि कानूनी उपचारमा कोही नजान पनि सक्नान् । तर, यो भन्दा धेरै रकम भाडाका नाममा जिल्लामा चल्ने अधिकांश सार्वजनिक यातायातले पलपलमा यात्रुलाई ठगिरहेका छन् । यसको अनुगमन आजसम्म कसैले गरेका छैनन् । यात्रुवाहक बस, माईक्रोबस तथा मिनिबसले हाकाहाकी यात्रु ठग्ने गरेको तथ्य खोज्न धेरै भौतारिनु पर्दैन । तपाइँ हामी नै त्यसको साक्षी छौँ । एउटै रुटमा चल्ने एउटै प्रकृतिका सवारीमासमेत फरक–फरक भाडा तिर्न परेपछि यात्रुहरू निकै मर्कामा परेका छन् । ‘चढ्यो कि १५ रुपैयाँ झ¥यो को नीतिले त नगर क्षेत्रभित्रको बट्टारदेखि त्रिशूली चल्ने सार्वजनिक यातायात पनि मिटर ट्याक्सी जस्तै भएको छ । त्यसमा पनि आधिकारिक भाडादर बसमा नराख्ने र पार गरेको दुरीअनुसारको भाडा नलिई जति मन लाग्यो उतिनै पैसा उठाउने सहचालकहरूको प्रवृत्तिले त दैनिक सयौँ यात्रु ठगिइरहेका छन् । जसबाट दैनिक मोटो रकम यातायात व्यवसायीको हातमा पुग्ने गरेको छ । तर, यसरी खुलेआम यात्रुहरू ठगिरहँदा पनि सम्बन्धित निकाय भने मुकदर्शकमात्रै बनिरहेको आम सर्वसाधारण गुनासो गर्छन् । ‘आखिर पीडित यात्रुको मर्म कसले बुझिदिन्छ ?’ त्रिशूली बजारमा बसोवास गर्ने संगिता खड्का दुःखेसो गर्छिन् । कामको शिलशिलामा उनी सँधै माइक्रो बसमा बट्टार बजार पुग्नुपर्छ तर उनले एउटै सवारी साधनमा एउटै दुरीको प्राय फरक–फरक भाडा तिर्ने गरेकी छन् । बसैपिछे फरक भाडा तिर्नुपरेको उनको यो गुनासो साझा समस्या हो । बिहान १५ रुपैयाँ तिरेर आएपनि कुनै बसका सहचालकले २० रुपैयाँसम्म लिन खोज्छन् । कहिले चानचुन पैसा छैन भनेर टार्छन् त कुनैले झगडा नै गर्न खोज्छन् र २ देखि ५ रुपैयाँ थपेरै दिने गरेको उनी बताउँछिन् । यो हेर्दा सामानय थोरै रकम जस्तो लाग्छ, तर सयौँ यात्रुबाट यसरी सर्वस्व ब्रह्मलुट हुन्छ । त्यस्तै बट्टारबाट गल्छी जानेक्रममा गेर्खुका प्रकाश न्यौपानेले पनि तोकेभन्दा बढी भाडा एक सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो पोख्छन् । कतिलाई त भाडा ६३ रुपैयाँ मात्रै हो किन बढी चाहियो भनेपछि आफूतिर सोझो आँखाले हेर्दै नहेर्ने गरेको रोचक प्रसङ्ग पनि उनी सुनाउँछन् । ‘गल्छी जाने रुटमा सरकारले तोकेको ६३ रुपैयाँ भएपनि यहाँ ब्रह्मलुट नै चल्छ, न्यौपानेले भने, ‘बस भाडा र रुट जान्ने हामीजस्ता सचेत यात्रुलाई त खुलेआम ठग्न खोज्ने यिनिहरूले सामान्य मान्छेलाई कतिसम्म ठग्दाहुन्’, उनी प्रश्न गर्छन् । कामको शिलशिलामा प्रायः काठमाण्डौं आवतजावत गरिरहने बेल्कोटका हरिकृष्ण पाण्डेले एकसय ५० रुपैयाँ तिरे पुग्छ । तर, आफुले कहिले २०० र त्यो भन्दा पनि माथि भाडा तिर्नुपरेको तितो यथार्थ सुनाउँछन् । पिच सडकमा गुड्ने सवारी साधनले पनि कचची बाटोकैसरह रकम असुल्ने हुँदा यात्रुहरु गन्तव्यमा पुग्न भनेजति भाडा तिर्न बाध्य छन् । ‘तनेजति नदिए बसमा चढ्नै दिँदैनन्’, देउराली गाविसकी मेङ्मा वाइवाले आफ्नो भोगाई सम्झदै भनिन्, ‘नत्र बिचमै ओर्लिएर हिँड्नुपर्छ ।’ तर, पासाङल्हामु यातायात बस समितिका अध्यक्ष कुलबहादुर खड्की यसलाई अस्विकार गर्छन् र भन्छन् ‘हामीले सरकारले तोकेको भाडादरभन्दा बढी लिएका छैनौं, तोकेको मात्रै लिएका छौं । कहीँकतै समस्या भएको कुरा बेग्लै हो ।’ अन्य यातायातका साधनहरुमा भन्दा न्यूनतम् भाडा आफूहरुको भएको उनको दाबी छ । त्यसैगरी, नगर यातायात सेवा समितिका अध्यक्ष अशोक थापाले पनि तोकिएकै दरमा यातायात सञ्चालन गरिरहेको बताए । ‘हामीले भाडादर बढी असुली गरेको सत्य होइन र क्षमताभन्दा बढी यात्रु पनि बोकेका छैनौं ।’
कानुनी उपचार खोज्ने र दिने झन्झट
यसरी खुलेआम यात्रु ठगेको कुरा उठाउँदा तोकिएको भाडा यत्ति हो भन्दै उनीहरू झगडा गर्छन् । सम्बन्धित निकायमा जाउँ भन्छन् तर हतार भएर प्रयोग गरिने यस्ता यातायातमा ५–७ रुपैयाँ ठगिएको कुरा लिएर कानूनी उपचार खोज्ने फुर्सद कसको छ र ? यही भएर पनि उनीहरूले मनोमानी भाडा लिएको हुनसक्ने पाण्डेको बुझाई छ । यातायात व्यवस्था विभागले तोकेको भाडादर भन्दा बढी भाडा उठाउने यस्ता ठग चालक तथा सहचालक र सम्बन्धीत व्यवसायीलाईसमेत कारवाही गर्ने अख्तियारी जिल्ला प्रशासन कार्यालयले राखेको छ, तर भाडा बढी उठाएकै निहुँमा कही कतै कारवाही भएको भने सुनिन आएको छैन । विभागले ४ किलोमिटर दुरीको १५ रुपैयाँ भाडा तोकेको छ । ४ किलोमिटरबाट १९ किलोमिटर दुरी पार गर्दासम्म २६ रुपैयाँ र त्यो भन्दा बढी दुरीका लागि अधिकतम २७ रुपैयाँ तिरे पुग्छ । तर उनीहरूले ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म भाडा लिएको यात्रुहरूको गुनासो छ । ४ किमि यात्रा गर्दा पनि २० देखि २५ रुपैयाँसम्म असुल गर्ने गरेका छन् । यसरी खुलेआम यात्रु ठगिइरहँदा पनि सम्बन्धित निकायको ध्यान किन पुगिरहेको छैन ? यसरी मनोमानी भाडा लिनेहरूलाई कानूनी कठघरामा ल्याई उनीहरूको यस्तो गलत हर्कतलाई निरुत्साहित गर्न जरुरी छ–हरेक नागरिकको आवाज छ यतिखेर । प्रत्येक यात्रुवाहक बसमा यातायात व्यवस्था विभागले तोकेको आधिकारिक भाडाको दर राख्ने काम कतै भएको छैन । जसले गर्दा कति हो भाडादर ? अन्यौलमा हुने यात्रुहरुले भनेजति भाडा नतिरी सुखै छैन । तोकिएको भाडा दर टाँसेको खण्डमा यात्रुले सचेत भएर भाडा तिर्ने तथा उनीहरूले प्रतिवाद गर्ने अवसर जुट्दैन । भाडादर आफुहरुले तोकिएकै लिएपनि यातायातमा आधिकारिक भाडादर टाँस नभएको तर, अब छिट्टै टाास गर्न लागिएको पासाङल्हामु यातायात बस समितिका अध्यक्ष कुलबहादुर खड्की बताउँछन् । यसैगरी नगर यातायात सेवा समितिका अध्यक्ष थापाले पनि भाडादर टाँस गर्ने काम तत्कालै हुने र आरक्षण सिटलाई पनि कार्यान्वयन गरिने बताए ।
अर्कोतर्फ यात्रुहरुले पनि कानूनी उपचारका लागि कतै जाने फुर्सद नभएपनि आफू बस चढ्ने र आर्लने ठाउँको प्रहरी चौकी वा सडकमै खटिइरहेका ट्राफिक प्रहरीहरूमार्फत अन्यायको उजुरी दिने बानी बसाल्न पनि जरुरी भएको उपभोत्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितको धारणा छ । ‘एउटा दुईटा यस्ता प्रयासहरु बाहिर आउन थाले भने सबैतिर यसको सकरात्मक प्रभाव पर्न सक्छ र उनीहरुको ठग्ने मनस्थितिका कमी आउन सक्दछ, अध्यक्ष पण्डित दाबी गर्दै भन्छन्, ‘यसरी प्रहरीमा उजुरी दिनाले सम्बन्धित यात्रुवाहकमाथि कारवाही वा चेतावतीको प्रक्रिया अघि बढ्न सक्छ र उनीहरूको यो हर्कत रोकिन पनि सक्छ ।’ तर, उपचारको खोजिमा गएकाहरुलेसमेत न्याय पाउन सकेको पाइदैन । यसअघि प्रहरी प्रशासनमा आएका उजुरीहरुको सुनुवाई नहुनुले पनि यातायातमा भएको ठगीलाई प्रोत्साहन मिलेको बुझ्न सकिन्छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला पनि यातायातमा भैरहेको अनियमिततालाई स्विकार गर्दै भन्छन्, ‘गुनासोहरु हामी कहाँ आइरहेकै छन्, यसलाई निरुत्साहित गर्न सम्बन्धित यातायात समितिलाई सच्याउनुस् भनेर आदेश दिएका छौँ ।’ भाडादर टाँस गर्ने र यसको पुनरावलोकन गर्ने निर्णय भएको निरौलाले बताए ।
विषेशज्ञहरु भने सेवामूखि भन्दा पनि व्यवसायमूखि भएका कारण समस्या सिर्जना भएको बताउँछन् । यातायातमा हुने अस्वस्थ्य प्रतिस्पर्धाले पनि यात्रु मारमा पर्ने अर्को कारण भएको बस व्यवसायीहरु नै स्वीकार्छन् । तोकिएको भाडादर भन्दा कममा लाने र कुनैले तोकिएको भाडा भन्दा एक रुपैया नघट्ने कारणले पनि भाडादरमा मूख्य समस्या भएको बसका चालक मच्चाबाबु मालाकारले बताए । यस्तो कुरालाई चाह्यो भने प्रशासन तथा सरकारले रोक्न सक्छ’, बसका अर्का एक चालक भन्छन् । त्रिशूलीबाट काठमाण्डौंका लागि छुट्ने यातायातहरुले २०० सय रुपैयाँमा लाने गरेको र ल्याउँदा १५० रुपैयाँमा पनि ल्याउने गरेको ती स्टाफ बताउँछन्् । ‘नत्र अर्काेको यात्रु उठाइदिहाल्छ ।, उनी भन्छन् । यहाँ बस र माइक्रो बसबीचको अस्वस्थ्य प्रतिस्पर्धाको शिकारमा यात्रुहरु नै पर्ने गरेका छन् ।
रातमाटेका विष्णु राईले भाडादर नै कति हो भन्ने सुची टाँस नहुँदा जतिपायो उति नै भाडा असुल्ने गरेको बताउँछन् । गल्छीदेखि यहाँ बट्टार आउँदा १ सय रुपैयासम्म लिन्छन् , जाने बेलामा ४०÷५० मा पनि लगिदिन्छन्, उनले भने ‘यस्तो मनपरी भाडाले यात्रु त त्यसै पनि मर्ने भए नी ?, उनले पनि सरकारको निजी क्षेत्रमा पहुच नपुगेका कारणले पनि यस्तो वेतिथि भइरहेको बताउँछन् । सामाजीक तथा नागरिक अगुवाहरुका अनुसार नियन्त्रण गर्ने अनुगमन गर्ने र कारबाहीसम्मको कार्यलाई तिव्रता दिने जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले सक्रियता नदेखाएका कारण बसहरुमा हुने मोनोपोली भने हालसम्म रोकिएको अवस्था छैन ।
यात्रु रोक्ने र तान्ने संस्कार
सार्वजनिक यातायातहरुमा यात्रु रोक्ने र तान्ने संस्कार नै बनिसकेको छ । सहरी विकासको आधारशीला सार्वजनिक यातायात भए पनि यातायातमा हुने ‘डनवाद’ ले सोझासिधा पिल्सिएका छन् । त्रिशूली, बट्टार होस् या ग्रामिण क्षेत्रका कुनै पनि क्षेत्र जहीँतहीँ यात्रु तान्ने प्रवृतिले ठाँउ ओगटेको छ । अझ यो प्रवृति नुवाकोट, त्यसवरपर अनि बाहिर पनि व्याप्त छ । ट्राफिक प्रहरीकै सामू यात्रुहरु ताने पनि प्रहरीहरु चुइक्क नबोल्ने कारण पनि यहाँ यात्रु तान्ने संस्कारले मान्यता पाएको हो । निर्धारित समयमा चल्नुपर्ने सवारी साधनहरु ‘जति धेरै यात्रु उतिधेरै कमाई’ को प्रवृतिले यात्रुहरुलाई मारमा परेको छ । समयमै गन्तव्यमा पुग्न आतुर हुने यात्रुहरुलाई बीचमै घण्टौंसम्म रोकिराख्ने र अरु यात्रु तान्ने समस्या पट्यारलाग्दो छ ।
‘यात्रु तान्ने र रोक्ने समस्या यहाँ पनि व्याप्त छ ।’ उनी थप्छन् ‘कन्ट्रोल गर्न खोजेको हो । तर, सकिदैन ।’ उनी पनि मान्छे तान्ने प्रवृति ठिक नभएको स्वीर्काछन् । उनका अनुसार मान्छे तान्ने पीडामा झण्डै एकवर्ष अघि यहाँ एक यात्रु परेका थिए । खसी लिएर आएका उनी बसका स्टाफहरुले उनलाई तानिदिएपछि खसी खरानीटार र यात्रु काठमाण्डौं पुगेका थिए । यात्रुहरु जान्न भनिरहे पनि तनाईमा हरेकदिन जसो यात्रुहरु पर्ने गरेका छन् । मदानपुर–४ का उमेश पाण्डेले यात्रु तान्नु गलत भएको बताउँछन् ‘जान्न भन्दा भन्दै पनि तान्छन् ।’ उनले पीडा सुनाउँदै भने ।
‘यातायातमा बेथिती छ, प्रशासनले अबिलम्ब रोक्नुपर्छ ।’
ईन्द्रबहादुर पण्डित
अध्यक्ष
उपभोक्ता हित संरक्षण मञ्च, नुवाकोट
अहिले यातायातमा भइरहेको अनियमिततासम्बन्धि व्यापक गुनासो बढिरहेको छ । विद्यार्थी सहुलियत, आरक्षण सिटजस्ता धेरै विषयको वेवास्ता भएको देखिन्छ । घाइते, अपाङ्ग, विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने राज्यको नियमलाई मिचेर सार्वजनिक यातायात सञ्चालन निर्वाध भइरहेको छ । २०० रुपैयाँ पर्ने भाडामा ६०० रुपैयाँसम्म लिएको पनि पाइयो । यो नियन्त्रण हुनुपर्छ । भाडादर स्पष्ट रुपमा टाँस गरिनुपर्ने तर, यहाँ कुनैमा पनि त्यो देखिँदैन । निर्धारित समयमै गुड्नुपर्ने सवारीहरु घन्टौँ रोक्ने र यात्रुलाई समस्यामा पार्ने कारण सर्वसाधारण मारमा छन् । अर्कोतर्फ नविकरण नभएका साधनहरु निर्वाध चलिरहेका छन् । जिर्ण र पुराना साधनले त दुर्घटनालाई खुलंखुल्ला निम्तो दिइरहेको छ । यसको पनि तत्काल अनुगमन र नियन्त्रण हुन जरुरी छ । नागरिकतहमा व्यापक गुनासो आएपछि विभिन्न सरोकारवाला, नागरिक समाज र हामी उपभोक्ता अधिकारकर्मीहरुले दुईमहिनाअघि नै जिल्ला प्रशासन कार्यालयमा यातायातमा भइरहेको अनियमितता र वेथिती रोक्नुपर्ने मागपत्र बुझाएका थियौँ । प्रमुख जिल्ला अधिकारीले पनि लगत्तै व्यवसायीहरुसहित राखेर बैठक राख्नुभयो र त्यहाँ यातायातको भाडादर नियन्त्रण लगायत सुधार गर्नुपर्ने धेरै विषयमा निर्णय भएको छ, तर आजसम्म कार्यान्वयन भएको छैन । यसको मतलब प्रमुख जिल्ला अधिकारीले वेवास्ता गर्नुभएको जस्तो त लाग्दैन, उहाँ पनि गम्भिर भएको जस्तो लाग्छ । अर्कोतर्फ फेरी निर्णय गर्नुको मात्र अर्थ छैन । अविलम्ब कार्यान्वयन हुनुपर्छ । यसलाई ओझेल पार्न मिल्दैन ।
‘भाडादर पुनरावलोकन र ग्रामिण सडक सर्भे गरिनेछ ।’
प्रमुख जिल्ला अधिकारी, नुवाकोट
सार्वजनिक यातायातमा अनियमितता र ठगी भएका गुनासाहरु त आएका छन् । भाडादर असमान छ, यो सत्य पनि हो । यद्यपी,सरकारले तोकेभन्दा बढी भाडा लिने अधिकार कसैसाग छैन । यदी लिइएको पाइएमा आधिकारिक प्रमाणको आधारमा उसले सजायाको भागिदार बन्नुपर्छ । म कहाँ आएका गुनासा र मागहरु पटक पटक आएकै हुन् । यसकै आधारमा हामीले केही दिनअघि मात्रै सम्बन्धित सबै यातायात व्यवसायी सम्मिलित समिति र सरोकारवालाहरुलाई राखेर यि समस्याहरु सच्याउनुस भनेर आदेश दिइसकेका छौँ । सायद, अब चाँडै यी समस्या र गुनासोले निकास पाउनेछ, आशा गरौँ । हामीले पनि केही निर्णय र कार्ययोजना बनाएका छौँ । सरकारले निर्धारण गरेको भाडादर पुनरावलोकन गर्ने भनेर सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा समिति गठन गरिसकेका छौँ र यसले काम सुरु गर्न थालेको छ । यातायातमा अनुगमन, नियन्त्रण गरिने कार्यलाई अब तिव्र बनाइनेछ । दोशीलाई कारबाही र चेतावनीसहित सुधार गर्न लगाइनेछ ।
ग्रामिण भेगमा अनाधिकृत रुपमा बसहरु सञ्चालन भैरहेका छन् । तिनले अनियमितापूर्वक भाडा लिने र अर्कोतर्फ दुर्घटनाको खतरा पनि बढिरहेको देखिन्छ । यसलाई नियन्त्रण र निरुत्साहित पार्न विदुर नगरपालिका, जिलला विकास समिति र सडक डिभिजन कार्यालयका ए÷एक जना गरी तीन जना इन्जिनियर सहितको टोली बनाएका छौँ । उहाँहरुले बाटोको अध्ययन गरी रुटपरमिटका लागी योग्य छ कि छैन सर्भे गर्नुहुनेछ । मापदण्ड नपुगेका सडकहरुमा चल्ने यातायातलाई रोक लगाइनेछ ।
No comments:
Post a Comment