खेलकुद

समुन्द्रटारमा खुल्ला भलिवल
विदुर÷नुवाकोटको समुन्द्रटार गाविसमा इलाकास्तरीय खुल्ला मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
ग्रामीण क्षेत्रमा रहेका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गरी खेलकुदक्षेत्रको विकास गर्ने उद्देश्यले सोसियल सर्भिस युथ क्लवले प्रतियोगिताको सञ्चालन गरेको हो । प्रतियोगिताका क्षेत्र नं. २ का एक दर्जन भन्दा धेरै भलिवल टिमहरूको सहभागीता रहेको थियो । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस नुवाकोटका सचिव रमेश महतले गरेका थिए । रूक्मिणी उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रवार र शनिवार  भएको भलिवलमा सोसियल सर्भिस युथ क्लव, कालिका युथ क्लव, रालुका मावि, सुन्दरा उच्च मावि, नयाँ क्षेपार भलिवल समूह, दुप्चेश्वर उच्च मावि र रूम्मिणी उच्च माविका भलिवल समूह सहभागी भएका थिए ।

स्रोतकेन्द्रस्तरीय फुटवल
विदुर÷लिखु स्रोत केन्द्रमा स्रोत केन्द्रस्तरीय माविस्तरीय छात्र फुटवल प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।
प्रतियोगितामा भूमेदेवी उच्च मावि तलाखु पहिलो, महेन्द्र उच्च मावि लिखु दोस्रो, रामायण छाप मावि लिखु तेस्रो र स्याउरेभूमे उच्च मावि सिक्रे सान्त्वना भएका छन् ।
शैक्षिक तालिम केन्द्र त्रिशूलीका तालिम संयोजक रामबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि थापा, स्रोत व्यक्ति शम्भुबहादुर थापा, सेयर एण्ड केयर नेपालका परियोजना अधिकृत सेखर सेढाईले विजयी टिम तथा खेलाडीलाई प्रमाणपत्र, शील्ड तथा मेडल प्रदान गरेका थिए । प्रतियोगिटतामा महेन्द्र उच्च माविका कक्षा ७ का आसमान तामाङ र भूमेदेवी उच्च माविका कक्षा १० का मिलन अधिकारीलाई उत्कृष्ठ खेलाडीको रूपमा पुरस्कृत भएका छन् ।
लिखु स्रोत केन्द्रको आयोजना र सेयर एण्ड केयर नेपालको प्रयोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

No comments:

Post a Comment