नगरपालिका बालमैत्री र वातावरणमैत्री हुँदैछः खड्का
विदुर नगरपालिकाको नगर परिषद् सुरू हुँदैछ कसरी अगाडि बढ्दैछ ?
विदुर नगरपालिकाले आर्थिक वर्ष ०७२÷०७३ को लागि मंसिर १४ गतेदेखि वार्षिक योजना तर्जुमाका लागि हरेक वडामा पुगेर योजना तर्जुमा गरिसकेको छ । वडामा पुगेर हामीले सभागितात्मक, समावेशी योजना तर्जुमा पद्दतिलाई आत्मसाथ गर्दै भेला सम्पन्न गरिसकेका छौँ ।
वडास्तरबाट कस्ताकस्ता योजनाहरू छनौट भएर आएका छन् ?
विगत वर्षभन्दा यो वर्ष हामीले अलि फरक रूपले योजना बनाउने प्रयास गरेका छौँ । विगत वर्षहरूमा एउटै वडाबाट एक सय भन्दा धेरै योजनाहरू माग भएर आउने गरेको पाइएको थियो । योजना तर्जुमा पद्दतिको मर्म यो होइन । स्थानीय निकायको स्रोत परिचालन निर्देशिका २०६९ मा १४ चरणको योजना निर्माणको चरण पार गर्नुपर्ने व्यवस्था रहेको छ । तर, गाविस र नगरपालिकाले नौ चरणसम्म पूरा गर्नुपर्ने व्यवस्था रहेको छ । यस वर्ष योजनाहरू जथाभावी नबनाई चार विषयत क्षेत्रमा योजनाहरू छनोट गरेका छौँ । वडाहरूबाट चार विषयगत क्षेत्रहरूमा योजना संकलन गरेर ल्याएका छौँ । सामाजिक विकासको क्षेत्रमा महिला, बालबालिका, दलित, आसिदवासी, गरिव, पीछडिएका वर्ग, ज्येष्ठ नागरिकका लागि प्राप्त हुने १५ प्रतिशत बजेटबाट तिनै व्यक्तिहरूलाई सहभागी गराएर योजना छनौट गरिएको छ । यस्तै आर्थिक विकासको क्षेत्रमा धेरै वडाहरूबाट पर्यटन, कृषि र घरेलु तथा साना उद्योगको क्षेत्रमा योजनाहरू माग भएका छन् । पर्यटनको क्षेत्रमा विशेषगरी केही वडाहरूमा होमस्टेको अवधारणा अघि सारिएको छ । अधुरा भवनहरूको निर्माण सम्पन्न गर्नका लागि पनि माग आएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा जगेडा कोषहरूबाट सञ्चालन हुने सडक योजना, खानेपानी तथा सिंचाई, बजेट माग भएको छ ।
यस्तै अर्को क्षेत्र वातावरण तथा जलवायु परिवर्तन को क्षेत्र हो । स्थानीय निकायका प्रमुखहरूलाई सरकारले आगामी आर्थिक वर्षभित्र वातावरणमैत्री स्थानीय शासन कार्यक्रम लागू गर्न निर्देशन भइसकेको छ । यसमा घरपरिवार तह, टोल र वडा तहका सुचकहरू हुन्छन् । यस वर्ष ‘एक नगर अनेक उद्यन’ सरकारी निति अनुसार विदुर नगरपालिकामा वालमैत्री उद्यान र अन्य पार्कहरू निर्माण हुनेछन् । बालबालिकाको क्षेत्रमा चिल्ड्रेन पार्क बन्ने छन् ।
नगरपालिकालाई बालमैत्री स्थानीय शासन पनि लागू गर्ने हाम्रो योजना रहेको छ । वातावरण तथा जलवायु परिवर्तनलाई मध्यनजर गरेर सार्वजनिक पार्क पनि यथेष्ट निर्माण हुनेछन् । हामी पुसको २१ र २२ गते विषयगत कार्यालयहरूको वैठक वसेर पुस २५ गते नगर परिषद्को तयारीमा जुटेका छौँ । विषयगत छलफलहरूमा विदुर नगरपालिकाको आगामी परिषद्को खाका तयार हुनेछ ।
नगरपालिकाले नगर परिषद्को तयारी गर्दा योजनाहरूमा बजेटको सीमा निर्धारण गरिएको छ कि छैन ?
आजसम्म सबै निकायबाट आगामी आर्थिक वर्षमा प्राप्त हुने बजटे सिलिङ प्राप्त भइसकेको छैन । राष्ट्रिय योजना आयोगबाट पठाउने बजेटको खाका प्राप्त भएको छ । हामीले विगतको योजनाहरूलाई हेरेर दश प्रतिशत लागत बढ्ने गरी योजना तर्जुमा गर्दैछौँ । विगत वर्षहरूमा आउने धेरै योजनाहरूलाई निरूत्साहित गर्दै मैले माथि नै भनिसकेँ, विषयगत शिर्षकहरूमा पहिलो प्राथमिकता, दोस्रो प्राथमिकता तेस्रो प्राथमिकता गरे बढीमा चार वटासम्म योजना प्राथमिकता राखेका छौँ । यसबाहेक हामीले अन्य निकायमा सिफारिस गर्ने योजनाहरू पनि छनोट गरेर ल्याएका छौँ ।
विदुर नगरपालिकालाई वातावरण मैत्री स्थानीय शासन घोषणाको तयारी हुँदैछ भन्नुभयो ? कतिको चुनौती देख्नुभएको छ ?
वातावरणमैत्री स्थानीय शासन घोषणा गर्नका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरोकारवालाहरूको संलग्नतामा वातावरणमैत्री स्थानीय शासनको प्रारूप–२०७० बनाएको छ । त्यो हामीलाई प्राप्त भएको छ । त्यहाँमा घरपरिवार, वडाटोल र नगरपालिकाको सुचकहरू भनेर छुट्याइएको छ । यसमा विभिन्न चरणहरू रहेका छन् । कौसी खेती, फोहोर व्यवस्थापन, शौचालय निर्माण, पार्कहरूको निर्माण, फोहोर विर्सजनका लागि ल्याण्डफिल्ड साइडलगायतका पूर्वाधार निर्माणको काम रहेको छ । त्यसमा पनि आधारभूततह र विकसित सुचक भनेर छुट्याइएको छ । डम्पिङ गर्नुपर्ने फोहोरलाई ‘सुन्य वेष्ट कन्टेक्स्’ अर्थात अत्यन्तै न्यून फोहोरहरू उत्पादन गर्ने रहेको छ । टोल तहमा वृक्षारोपण, पार्क निर्माण, नाली निर्माण लगायतका विषयहरू रहेका छन् । चुनौती धेरै रहेका छन् । तर, सबैको सहभागीता भयो भने यो चुनौती केही होइन भन्ने मलाई लाग्छ ।
विदुर नगरपालिकाले डम्पिङ साइड बनाउन सकेको छैन । यस्तो सन्दर्भमा वातावरण मैत्री स्थानीय शासन लागू गर्न समस्या हुँदैन ?
यो जटिल र गाह्रो विषय हो । हामीले अहिलेसम्म प्रयोगमा ल्याइरहेको डम्पिङ साइडमा केन्द्रीय कारागार बन्दैछ । यसका लागि जग्गा अधिग्रहणको कामसमेत सकिएको छ । अव निकट भविष्यमा हामीले त्यस ठाउँमा फोहोर विसर्जन गर्न मिल्दैन । हामीले नयाँ ल्याण्डफिल्ड साइड खोजी गर्दैछौँ । यस विषयमा एक दुई वटा नयाँ ठाउँबाट पनि प्रस्ताव आएको छ । सरोकारवालाहरूसँग आवश्यक छलफल गरे नयाँ ल्याण्डफिल्ड साइडको पनि टुङ्गो लाग्नेछ । हामीले यो काम यही आर्थिक वर्षभित्र पूरा गर्नेछौँ । अर्को आर्थिक वर्षभित्र फोहोर व्यवस्थापनको काम निजी क्षेत्रसँग सहकार्यमा गर्ने योजना बनाएका छौँ ।
वातावरणको कुरा गर्दा त्रिशूली नदीमा प्रदुषण बढ्दै गएको छ ? यसलाई रोक्न नगरपालिकाले केही काम गर्दैछ कि ?
त्रिशूली नदीकै लागि भनेर विशेष कार्यक्रम भनेर वडाबाट कार्यक्रम माग भएको छैन । वडा नंं १०, ११ को वडास्तरबाट नाली तथा ढल निर्माणको काम माग भएको छ । हामी नगरपरिषद् गर्नुभन्दा अघि सरोकारवालासँग बसेर कुन कुन वडाका नागरिकहरूले नदीमा ढल निकास गर्नुहुन्छ यो रोकथामका लागि उपयुक्त उपाय के हुन सक्छ ? भनेर छलफल चाँहि अघि बढाउने छौँ ।

यो असाध्यै जटिल विषय भएको छ । म यहाँ आएदेखि नै यही विषय क्यान्सरको रूपमा रहँदै आएको छ । यो विषयमा सञ्चारमाध्यमहरूमा पनि धेरै आएका छन् । वसपार्क नगरपालिकाले ऋण लिएर बनाएको हो । हरेक वर्ष ऋण तिर्नका लागि नगरपालिकाले ठूलो रकम खर्च गर्दै आएको छ । नगरपालिकाले तिर्ने यो ऋण अन्य विकास निर्माणमा लगाउन पनि सकिएन । यो नगरवासीकै महत्वपूर्ण बजेट हो । वसपार्क सञ्चालनको लागि हामीले गहन छलफल गर्नु जरूरी छ । वसपार्क नगरपालिका कार्यालयको, राजनीतिक दल र कुनै एक जनाको मात्र सरोकारको विषय होइन, वसपार्क सबै नुवाकोटवासीको साझा सम्पत्ति हो । यसलाई सञ्चालन गर्नु सबैको दायित्व हुनेछ । आशा छ, वसपार्क सञ्चालनका लागि सबैबाट साझा दायित्व भावनाको विकास हुनेछ । यसका लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक समन्वय र सहकार्य गरिनै रहेको हुनेछ ।
खुल्ला दिशामुक्त नगरपालिका घोषषाको तयारी हुँदै गर्दा नगरपालिकामा सार्वजनिक शौचालयको अभाव रहेको छ । यसलाई कसरी व्यवस्थापन गर्दैै हुनुहुन्छ ?
खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको हुनुपर्छ र दिशापिसाव बाहिर देखिएको हुनुहुन्न । घरमा बनेको शौचालयहरू प्रयोग भएको हुनुपर्ने र दिशा गरेपछि हात धोएको हुनुपर्ने सुचक छ । यो मापदण्ड पूरा भएपछि सार्वजनिक शौचालयको कारणले मात्र खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि कुनै अवरोध हुँदैन । तर, नगरपालिका भइसकेपछि सर्वसाधारणको चाप, बजार क्षेत्र र सार्वजनिक यातायातका यात्रुहरूलाई लक्षित गरेर सार्वजनिक शौचालय निर्माण हुनुपर्छ । सम्पूर्ण नगरवासी मिलेर नगरपालिका बनेको हो । शौचालय निर्माणको लागि सबै जना मिलेर जग्गाको खोजी गरी हामी शौचालय निर्माणमा लाग्ने छौँ ।
विदुर नगरपालिकाले दुई वर्ष अघि निर्माण थालेको भ्यू टावर अलपत्र परेको छ । यसले कहिले पूर्णता पाउँछ ?
अहिले केन्द्रमा एउटा नगरपालिका भ्यू टावर हुनुपर्ने अवधारणा आएको छ । विदुर नगरपालिकाले निर्माण गर्न लागेको भ्यू टावरमा उद्योग वाणिज्य संघका अध्यक्ष र पत्रकार महासंघका अध्यक्ष पुगेर निरीक्षण गरेका थियौँ । सञ्चारकर्मीहरूले भ्यू टावर निर्माणका लागि होस् या जुनसुकै कार्य सम्पन्न गर्नका लागि सकारात्मक वातारण बनाइदिनुहुन्छ । भ्यू टावर नगरपालिकाको लागि आवश्यक छ । तर, त्यो निर्माणको चरणमा केही समस्या रहेका छन् । सोही कारणले हुनुपर्छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्यू टावर निर्माणको विषयमा अनुसन्धान भइरहेको छ । यसलाई पूर्णता दिने विषयमा नगरपालिकाले आपसी समन्वयमा निर्माण सम्पन्न गर्ने छ । भ्यू टावर पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि यस क्षेत्रका अन्य पूर्वाधारसमेत निर्माण गर्ने सोचमा हामी अघि बढेका छौँ ।
प्रस्तुतीः भोलाराज पौडेल
धुन्चे वरपरका धार्मिक एवं पर्यटकीय आकर्षणहरु
![]() |
सरस्वती न्यौपाने |
टुल्कु क्षेलिङ गुम्बा
धुन्चेको पहिलो गुम्बा टुल्कु क्षेलिङ गुम्बा पासाङल्हामु राजमार्ग संगै जोडिएको र गाउँको माथिल्लो भागमा रहेको छ । गुम्बा कहिले बनेको हो भन्ने तिथि ठ्याक्कै थाहा छैन् । तापनि गुम्बाको सेराब तेन्जिन र गोम्बो तेन्जिनले गरेका हुन् भन्ने कुरा सोल्तेब ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । गुम्बामा गुरु रिम्बोक्र्षे चेरेसी छेर्पामे र खेण्डोमोका मुर्ति रहेका छन् । आज भन्दा २५० वर्ष अघि धुन्चे निवासी स्व. कारसिङ्गी तितुङ (झाँक्री) स्व. कार्पुदे घले र उनकी पत्नी स्व. बुट्टी साङ्मोले गुम्बाको जिर्णोद्वार गरेर गुम्बालाई अलि ठूलो आकारमा बनाएका थिए । गुम्बाको काठमा बुट्टा खोप्ने काम ठूलोभार्खु निवासी कलाकार स्व. फुर्पा साङ्बो नेकोरले गरेका थिए भने दोस्रो टुल्कु छेलिङ गुम्बा मर्मत सुधार धुन्चे गुम्बा समितिका कोषाध्यक्ष दावा सिदार घलेले गुम्बाको आयस्रोतबाट मर्मत गरेका छन् । त्यसपछि धुन्चेका सम्पूर्ण वासिन्दाको सहयोगबाट दघुल छुर्युतेन निर्माण गरियो । अनि गाउँकै सहयोगबाट २०७१ साल जेष्ठ २२ देखि ३० गतेसम्म त्रिपिटक ग्रन्ध पुजापाठ पनि सम्पन्न भयो ।२. ह्युल्साङ
गाउँमा हरेक वर्ष मकै र गहुँ छर्ने काम सकिएपछि गाउँको प्रकृतिदेवीलाई ह्युल्साङ पुजा गरिन्छ । लगाएको अन्नबाली धेरै फलोस् भगवान समक्ष गरिएको यो प्रार्थना पुजा हो । ह्युल्साङ पुजा झाँक्रीद्वारा गरिन्छ । गाउँका हरेक धुरीबाट अन्न उठाई तोर्मो बनाएर पुजा गरिन्छ र तोर्मोलाई प्रसादको रुपमा वितरण गर्ने परम्परा छ । उहिले जोङचेत दरवारको छेउमा ह्युल्साङ गर्ने गाउँको सिरानमा सारिएको थियो । सडक बनेपछि ह्युल्साङ गरेको ठाउँ भत्किएकोले गुम्बाको जग्गामा थान बनाएर गाउँलेहरुले पुजा गर्दै आएका छन् ।मानी डुप (छ मानी)
गाउँको सबैभन्दा पुछारमा मानीडुप छ । मानी रहेको यो मानी उहिले भोट जाँदाको गोरेटो बाटोेमा पर्छ । मानीहरु धेरै पुराना भएको अनुमान लगाउन सकिन्छ । मानीमा प्रयोग भएका ढुंगाका पाताहरु हेर्दा यी मानीहरु बनाउन ठूलो परिश्रमका साथै बौद्ध धर्मप्रति ठूलो आस्था रहेको बुझ्न सकिन्छ ।
फलामका औजारहरु प्रशस्त नभएको वा हुँदै नभएको त्यसवेला बनाइएका ठूलाठूला मानिसहरु धार्मिक दृष्टिले निकै महत्वका छन् । मानीको ढुंगामा धार्मिक श्लोक तथा मन्त्रहरु मात्र नभएर जीवन उपयोगी उपदेशहरु समेत खोपिएका हुन्छन् । यी मानीहरुबारे विस्तृत अध्ययन गरेर यसको महत्व बुझाउन सके धार्मिक पर्यटकहरु बढ्ने विश्वास गर्न सकिन्छ ।
मानी ङआ –पाँचमानी)
गाउँको पुच्छारमा पाँचमानी लस्करै रहेका छन् । सेराब तेन्जिन र गोम्बो तेन्जिनको नाम मानी भित्रको सोल्तेबमा रहेकाले यी मानीहरु बनाएको अनुमान गरिन्छ । मानीहरु धेरै पुराना भएको अनुमान लगाउन सकिन्छ । यी मानीहरु पनि संरक्षणकै पर्खाईमा छन् ।
मानीकोर
यो मानी गाउँको बिचमा रहेको छ । गाउँको विचमा भएको हुनाले मानीमा प्रयोग भएका ढुंगाहरु मानी छेउछाउमा घर बनाउँदा गारो लगाउने काममा प्रयोग भएको हुन सक्छ । यो मानी पनि संरक्षणको पर्खाइमा छ ।
काङ्नी मानी
यो मानी पुरानो बजारको धुन्चे प्रवेशद्वारमा पर्छ । पुराना गाउँवस्तीको स्वागतद्वारको रुपमा प्रायः जसो गाउँहरुमा काङ्नी मानी बनाएका हुन्छन् ।
ङयारुङ टुल्कु छोर्तेन
यो मानी धुन्चेबाट लेकको बाटो हुँदै यार्सा जाने बाटोमा पर्छ । यो मानी ङयारुङ टुल्कु नामको लामाको मृत्यूपछि उनको पार्थिव शरीरलाई छोर्तेन बनाएर त्यसभित्र राखिएको थियो । लामाको मृत्युपछि भार्खु, यार्सा र धुन्चेका बीचको भागमा पर्ने धुन्चे माथिको यार्सा जाने बाटोमा क्षोर्तेन बनाएर राख्ने सहमति भएको थियो । त्यसकारण त्यो क्षोर्तेनको नाम ङयारुङ टुल्कु राखिएको हो ।
सेरा खनेन मानी
धुन्चे गाउँको सिरानमा हालको जिल्ला शिक्षा कार्यालय मुनी र गुम्बाको दक्षिणमा असिना हुरी बतास र पहिरोबाट गाउँलाई बचाउने दुईवटा सेरा खनेन मानी थिए । सोमदाङ सडक निर्माण पछि ती माने भत्किए । यी मानीहरु सेराब तेन्जिन र गोम्बो तेन्जिनले निर्माण गराएका थिए ।
(माथि उल्लेखित विवरणहरु नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ र गुम्बा समितिका कोषाध्यक्ष दावा सिदार घलेको भनाईको आधारमा लेखिएको हो ।)
No comments:
Post a Comment