सुन्तला खेतीबाट आम्दानी लिँदै किसान
त्रिशूली खवर संवाददाता
विदुर÷जिल्लाको सामरी र कल्याणपुरका किसानहरू सुन्तला खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म कोदो र मकै लगाएर मात्र लगाउने यहाँका पाखो बारीमा आजभोली हरियो बोटमा सुनझैं लठरम्भ फलेका सुन्तलाले मनमोहक भएको छ ।
लघु उद्यम विकास कार्यक्रमबाट उद्यम व्यवसाय तालिम लिएपछि यहाँका किसानहरूमा सुन्तला खेती गर्ने जाँगर बढेको छ भने उत्पादन भएको सुन्तलाले बजार भाउ राम्रो पाएपछि किसानहरू पनि दंग भएका छन् । सामरी र कल्याणपुरमा सुन्तला खेती २०४५ साल तिरबाटै गरिँदै आएपनि यसले व्यवसायिक रूप लिन भने सकेको थिएन । जिल्ला लघु उद्यमी संघ, सामुदायिक तथा व्यावसायिक विकास प्रवर्धन समाज कोव्डेप्स नेपाललगायतका संघसस्थाले किसानहरूलाई सुन्तला खेतीको बारेमा आवश्यक तालिम दिएपछि किसानहरूले सुन्तला खेतीको व्यवसायिक विकासमा लागेका किसानहरू बताउँछन् ।
सुन्तला खेती पहिलेदेखि नै गरिँदै आएपछि रोग किराबाट राम्रो फल नलाग्ने समस्या भोगेका किसानहरूले तालिम लिएपछि सुन्तला खेतीमा सुधार हुँदै गएको कल्याणपुर गाविस वडा नं. ६ का टेकबहादुर सिठुङ मगरले बताए । मगरका अनुसार कल्याणपुर र सामरी गाविसमा ५० घरले सुन्तला खेती गर्दै आएका छन् । सामरी गाविसमा एउटै व्यक्तिले एक हजारसम्म सुन्तलाको विरूवा लगाएको र आम्दानीसमेत दिन थालेको टेकबहादुरको भनाई छ ।
२०४० सालतिर २२ वटा विरूवा लगाउनुभएका टेकबहादुरले अहिले सुन्तला खेतीबाटै ५० हजार रूपैयाँ भन्दा धेरै आम्दानी लिँदै आएका छन् । ‘पहिले दुई रोपनी जग्गमा २२ वटा सुन्तलाको विरूवा लगाएको थिए, मगरले भने– ‘बारीमा दुई डोका मकै मात्र फल्ने बारीमा अहिले ५० हजार भन्दा धेरै आम्दानी हुन्छ ।’ सरकारले अनुदानको कार्यक्रम दिएर सुन्तला खेतीमा लाग्ने किसानलाई हौसला दिएमा थप जग्गामा पनि सुन्तला खेती गर्ने सोचमा आफू रहेको उनी बताउँछन् ।
उत्पादित सुन्तला अहिले त्रिशूली र विदुरसम्म पुगेर आफूले ६० देखि ८० रूपैयाँ प्रतिकेजी विक्री गर्दै आएको मगरले बताए । कल्याणपुर र सामरी गाविसमा सुन्तला विक्रीबाट मात्रै किसानहरूले दश लाख रूपैयाँ भन्दा धेरै रकम आम्दानी गरेका छन् । कल्याणपुर गाविस वडा नं. ८ को थापागाउँ र वडा नं. ६ को भेडीस्वारा र सामरी गाविसको झार्लाङलगायतका गाउँमा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ ।

चोरीमा संलग्नलाई पुर्पक्षमा राख्ने आदेश
विदुर÷गत साउन ३१ गते भैरवीदेवी मन्दिरको मूल ढोका फुटाएर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका १० जनालाई जिल्ला अदालतले र्पुपक्षको लागि विहीवार थुनामा राख्ने आदेश दिएको छ ।
विहीवार भएको थुनछेकको वहसमा जिल्ला न्यायधिश किरणप्रसाद शिवाकोटी आदेशमा मुद्दा चलाइएका १० नै जनालाई पुपक्र्षमा राखेर मुद्दा चलाउने आदेश दिएको हो । प्रहरीले गत कात्तिक ११ र १२ गते पक्राउ उनीहरूलाई सबुत प्रमाणसहित कात्तिक १३ गते ‘पुरातत्व सामाग्रि ऐन’ अन्तरगत जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता गरेको थियो ।
प्रहरी पक्राउ गरी मुद्दा चलाएकोहरूमा सामरी–१ का संजोग नेपाली, खड्गभञ्याङ – ६ का योगेन्द्र अधिकारी, मनकामना –३ का तोरण लामा, सूर्यमति –२ का दीपक थापा, विदुर नगरपालिका –१ का सुरेश तामाङ, विदुर नगरपालिका –८ का बिजयी आले मगर र सुब्बा सुर्खेती, रसुवा सरमथलीका प्रदीप मोक्तान विदुर नगरपालिका वडा नं. ९ कोलेनीका सरोज जयरूङलगायतका रहेका छन् ।
प्रहरीले परेकाहरूसंग चोरी भएका मध्ये भैरवीदेवी मन्दिरको मुर्ति एक थान, चाँदीको सिक्री एक थान, रकम सहितको दान पेटिका र सिक्का सहितको करूवा एक थान समेत बरामद् गरी सबुद प्रमाणपत्रसहित मुद्दा चलाएको थियो ।
चोरेको मध्ये भैरवीदेवी मन्दिरको किकिम्पा, चाँदीको सिक्री लगायतका सामग्री बरामद् हुन बाँकी रहेको बताइएको छ ।
रसुवागढी नाका टेष्टरनको रूपमा सञ्चालन हुने
त्रिशूली खवर संवाददाता
धुन्चे÷चीन प्रवेशका लागी नेपालको दोस्रो तथा छोटो व्यापारिक नाका रसुवागढी–केरूङ सिमा भन्सार एक साता भित्रै टेष्टरनको रूपमा मात्र सञ्चालन आउने भएको छ ।
नेपालतर्फ आवश्यक एकीकृत भन्सार, सुख्खा बन्दरगाहलगायतको पुर्वाधार निर्माण हुन बाँकी रहेको जनाउंदै एक वर्षका लागि टेष्ट रनको रूपमा भन्सार सञ्चालन हुने चीनिया पक्षले जनाएको छ ।
नेपालतर्फ अध्यागमन कार्यालयसंगै भन्सार कार्यालय स्थापना र सुख्खा बन्दरगाहको प्रक्रिया अगाडि बढेको छ । पुर्वाधार निर्माण बिनै चीनले आफ्नो क्षेत्रबाट निर्यात गर्ने सामान तातोपानी नाकाबाटै जाने व्यवस्था मिलाउने छ ।
रसुवागढीमा एकीकृत भन्सार पुर्वाधार निर्माण नभएको भन्दै चीनले एक वर्षका लागि टेष्ट रनको रूपमा मात्र नाका खुलाउने लागेको बताइको छ । नाका सञ्चालन नआएको र भन्सार किल्यरेन्स नभएको भन्दै केरूङमा रोकिएको ६० वटा कन्टेर मंगलबारबाट तातोपानी नाका हँुदै लगिएको व्यवसायी राजकुमार प्याकुरेलले बताए ।
नाकाबाट भन्सार किल्यरेन्स नभएको भन्दै केरूङ नाकाले रोकेको आफुहरूको कन्टेनर ल्हासा हुँदै सिन्धुपाल्चोकको तातोपानीबाट नेपाल ल्याउन खोजिएको प्याकुरेलको भनाई छ । एक महिना देखि नाका सञ्चालन हुन्छ भन्ने आशामा बसेका व्यापारीहरूले नाका टेष्ट रनको रूपमा मात्र सञ्चालन गर्ने चीनिया पक्षले जानकारी गराएपछि केरूङमा रोकिएको सामान तातोपानी नाका हुँदै जान थालेका छन् ।
गत आइतबार मात्र नेपालले औपचारिक रूपमा अध्यागमन कार्यालय स्थापना भएपछि नेपालतर्फबाट चीनको केरूङ जानका लागि एक दिने पास लिन अब जिल्ला सदरमुकाम धुन्चे जानुपर्ने बाध्यतासमेत हट्न लागेको छ ।
नेपाल चीन वीच व्यापार बढाउन तथा घुम्न जाने पर्यटक र व्यापारीहरूलाई सहजता बनाउनका लागि अध्यागमन स्थापना भएसँगै चीनले एक साता भित्रै अनौपचारिक रूपमा भन्सार तथा अध्यागमन कार्यालय सञ्चालनमा ल्याउने तयारी गरेको चीनीया पक्षले जनाएको छ ।
अध्यागमनको काम पुरा भएकाले चीनले पनि आफ्नो क्षेत्रमा अध्यागमन कार्यालय सुरू गर्ने जनाईसकेकोले तत्कालका लागि चीनियापक्षले अनौपचारिक रूपमा मात्र नाका सञ्चालन गर्ने तयारी भएको आफूले बुझेको रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइले बताए । नेपालतर्फ सुख्खा बन्दरगाह, भन्सार एकीकृत भवन निर्माण भई नसकेकोले यो नाका पूर्ण रूपमा सञ्चालन हुनका लागि अझै एक वर्ष लाग्ने जनाइएको छ ।
जगदम्वाद्वारा उत्पादनको जानकारी
विदुर÷जगदम्वा सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो कम्पनीबाट उत्पादित सिमेन्टहरूको बारेमा नुवाकोटका सरोकारवालाहरूलाई जानकारी गराएको छ ।
कम्पनीले माझिटारमा आयोजित एक कार्यक्रममा गुणस्तरीय सिमेन्टको प्रयोगबाट मात्रै घर निर्माण सुरक्षित हुने जनाउँदै सुरक्षित घर निर्माणका लागि जगदम्वा सिमेन्ट र भूकम्प प्रतिरोधी घर निर्माणमा लाग्न सरोकारवालाहरूलाई आग्रह गरेको छ । थारै लगानी थप गर्दा भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिने भएपनि आवश्यक सीप र ज्ञानको अभावमा नेपालमा निर्माण हुने घर तथा भवनहरू भूकम्प प्रतिरोधी बन्न नसकेको जनाउँदै कम्पनीले भुकम्प प्रतिरोधी घर निर्माणमा लाग्न सरोकारवालाहरूलाई आग्रह गरेको हो ।
कार्यक्रममा आफ्ना उत्पादनहरूको बारेमा जानकारी दिँदै कम्पनीका बरिष्ठ इन्जिनियर पुष्प कटुवालले जगदम्वा सिमेन्टका उत्पादनहरूको बारेमा जानकारी दिँदै जगदम्वा अल्ट्रा, जगदम्वा पोर्टल्यान्ड स्लाग माउन्ट सिमेन्ट, ओपीसी सिमेन्टले गर्ने काम र यी सिमेन्टका महत्वबारे जानकारी गराउनुभएको थियो । शुभश्री जगदम्वा सिमेन्ट मिल्स प्रालि र जगदम्वा सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.ले भैरहवा र विरगंजबाट सिमेन्ट उत्पादन हुँदै आएको छ । नुवाकोटमा ओमशिवशक्ति सप्लायर्स र शुभलक्ष्मी इन्टरप्राइजेजले जगदम्वाबाट उत्पादित सिमेन्टहरूको विक्री वितरण गर्दै आएका छन् । दुवै कम्पनीबाट उत्पादित सिमेन्ट जिल्लामा हरेक वर्ष एक लाख ५० हजार बोरा विक्री हुँदै आएको छ ।
कार्यक्रममा बोल्दै नुवाकोट उद्योग उद्योग वाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठले पूर्वाधार निर्माणमा अघि बढेको जिल्लाबासीमा सिमेन्टको गुणस्तर चिनेर भौतिक निर्माणमा गरिएको लगानी सुरक्षित गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका व्यवसायीहरू, निर्माण व्यवसायीहरू, सहरी विकास तथा भवन निर्माण कार्यालयका पं्रमुखm सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
संविधान लेखनका विवादित विषयमा छलफल
विदुर÷संविधान निर्माण प्रक्रियामा दलहरूवीच चलिरहेको वहस र सहमति हुन नसकेका विषयहरूमा नुवाकोटका सरोकारवालाहरूसँग छलफल भएको छ ।
संविधत्रान सुचना केन्द्र नुवाकोटले बुधवार विदुरमा छलफल कार्यक्रमको आयोजना गरी राज्यको शासकीय स्वरूप, राज्यको पुर्नसंरचना, निर्वाचन प्रणालीको बारेमा छलफल गरेको हो ।
कार्यक्रममा अधिवक्ता सुरेन्द्र महतोले शासकीय स्वरूप र अन्तराष्ट्रिय अभ्यास, दिपेन्द्र झाले राज्यको पुर्नसंरचनाका सवाल र अन्र्तराष्ट्रिय अभ्यास, पूर्व सभासद्द्वय पुष्पा भुसालले निर्वाचन प्रणाली र दामा शर्माले न्यायपालिकाको सवाल विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम प्रस्तुत गर्दै विभिन्न क्षेत्रका विज्ञहरूले राज्य पुर्नसंरचना गर्दा पहिचानको आधारमा प्रदेशको विभाजन गर्ने दलहरूवीच सहमति भइसकेको बताउँदै प्रदेशको नाम र संख्यामा मात्रै दलहरूवीच विवाद समाधान हुन नसकेको धारणा राखेका थिए । दलहरूवीच पहिलो संविधानसभामा भएका सहमति र अहिले देखिएका विवादका कारण पनि संविधान लेखनको कार्यमा गतिरोध उत्पन्न भएको धारणा राखेका थिए ।
कार्यक्रममा राज्यको पुर्नसंरचनाको विषयमा प्रदेश निर्माण गर्दा अरू देशको नक्कल नगरी नेपालको भौगोलिक अवस्था, जनसंख्या, साँस्कृतिक सहिष्णुतालगायतलाई ध्यानमा राखेर बनाउनका लागि सुझाव दिइएको थियो ।
कार्यपत्रमाथि राजनीतिक दलका स्थानीय नेताहरू, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले टिप्पणी गर्दै राजनीतिक दलहरूवीचको विवाद अन्त्य गरी तोकिएकै समयमा संविधान निर्माण हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले संविधान निर्माण गर्दा सबै जातजाति र भाषाभाषीदेखि हिमाल, पहाड र तराईलाई विभाजन नहुने गरी सबैलाई सुहाउँदो संघीयता र संविधान निर्माण हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य राजु थापा, नेकपा एमालेका उपाध्यक्ष विन्दा ढुंगाना, एकीकृत नेकपा माओवादीका प्रतिनिधि सुभद्रा नेपाल, राप्रपा नेपालका प्रतिनिधि इश्वरी नगरकोटी, राप्रपाका जिल्ला प्रवक्ता रामकृष्ण भट्ट, नेकपा माओवादीका लिलानाथ न्यौपानेलगायतले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रमका सभापति संविधान सुचना केन्द्र नुवाकोटका प्रमुख श्रीराम श्रेष्ठले राज्यको पुर्नसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणालीको विषयमा सरोकारवालाहरूको सुझाव संविधानसभामा पठाउने जानकारी गराएका थिए ।
नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठ, नुवाकोट वार एसोसियननका उपाध्यक्ष देवराज कँडेल, नेपाली कांग्रेसका मोहनबहादुर खड्का, विपि विचार मञ्चका विष्णु आचार्य, यज्ञराज केसी, बुद्धि प्रधान, सोमबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, शिवकुमारी डंगोल, विन्दा आर्याल, सोमप्रसाद पाण्डे, यादव पाण्डे, बसन्त केसीलगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
महिलाका लागि क्रिष्टल निर्माण तालिम
विदुर÷हाम्रो विकास प्रवद्धन कोष र शुभविहानी महिला कृषि सहकारी संस्थाको आयोजनामा बुधवारदेखि क्रिष्टल सामग्री निर्माण सम्वन्धि सातदिने तालिम खानीगाउँमा सुरू भएको छ ।
हाम्रो विकास वैंकका लगानीकर्ताहरूको मुनाफाबाट सञ्चालित हाम्रो विकास प्रवद्धन कोषको सहयोगमा खानीगाउँ गाविसका १५ जना महिलाहरूलाई क्रिष्टलका गहना तथा श्रृंगारका सामग्री बनाउने तालिम प्रदान गर्न लागिएको हो ।
महिलाले हातमा लगाउने बाला, टप, माला, किरिङलगायतका सामग्रीको माग अत्याधिक रहेकाले यी सामग्रीको विक्रीबाट महिलाहरूलाई रोजगारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हाम्रो विकास वैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बताए ।
शुभ नवविहानी महिला कृषि सहकारी संस्थाका अध्यक्ष यमुना चित्रकारको सभापतित्वमा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै हाम्रो विकास प्रवद्धन कोषका सदस्य एवं जिल्ला सहकारी संघका अध्यक्ष बैकुण्ठ मिश्रले गुणस्तरीय सामानको उत्पादन गर्न सकेमा बजारको अभाव नहुने बताउँदै यसबाट आर्थिक लाभसमेत लिन सकिने बताए ।
कार्यक्रममा बोल्दै प्रशिक्षक कमला सुवेदीले चुलो र चौकामा सीमित महिलालाई सीप सिकाएर रोजगार बनाउनका लागि सञ्चालन गरिएको तालिमलाई सही उपभोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरेकी थिइन् ।
कार्यक्रममा सहकारीका वरिष्ठ सल्लाहकार निर्मलकुमार श्रेष्ठ, शान्तिदेवी प्रधान, मेनुका बस्नेतलगायतले मन्तव्य राख्नुभएको थियो । हाम्रो विकास वैंकको प्रवद्र्धकहरूको मुनाफाको ३ प्रतिशत रकम जम्मा हुने कोषबाट सामाजिक क्षेत्रमा लगानी गर्ने वैंकको उद्देश्य अनुसार वैंकले खानीगाउँसहित विभिन्न स्थानमा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
लन्डनका नेपालीद्वारा ढकाललाई सहयोग
विदुर÷बेलायतको लन्डनमा बसोबास गर्दै आएका नुवाकोटका स्थानीयबासीले पहिरोका कारण परिवार र घर गुमाएका बेलकोटका एक परिवारलाई राहत उपलब्ध गराएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठको पहलमा लन्डनमा बस्ने नेपाली र नुवाकोटवासीहरूसँग संकलन गरिएको आर्थिक सहयोग विहीवार बेलकोट गाविस वडा नंं १ का नवराज ढकाललाई प्रदान गरिएको हो ।
गत भदौ ५ गते घरमाथिबाट आएको पहिरोका कारण ढकालको एक श्रीमतिसहित दुई छोराछोरी पहिरोले घर पुर्दा घटनास्थलमै मृत्यु भएको थियो । संघका अध्यक्ष श्रेष्ठले लन्डनमा एक सय ८४ पाउण्ड संकलन गरेको र सो रकमको नेपाली रूपैयाँ २८ हजार २ सय ५३ रूपैयाँमा प्रदान गरिएको हो ।
लन्डनमा बस्ने नेपालीहरूको तर्फबाट रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले परिवार र घर गुमाएका ढकालको परिवारलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । अध्यक्ष श्रेष्ठ वेलायत घुम्न गएको समयमा सिन्धुपाल्चोकको जुरेसहित तराईमा बाढी पहिरोले ठूलो क्षति पु¥याएको थियो । बेलकोटमा पनि पहिरोबाट घरपरिवार विहीन भएपछि बेलायतमा बस्ने नेपालीहरूले बेलकोटका पहिरो पीडितका लागि श्रेष्ठलाई सो रकम पठाएका थिए ।
नुवाकोट एफएमको भवन शिलान्यास
विदुर÷नेपाल शान्ति एवं विकास केन्द्र नुवाकोटद्वारा सञ्चालित नुवाकोटकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले नुवाकोटमा भवन निर्माणको थालनी गरेको छ ।
२०६५ सालमा स्थापना भएको सामुदायिक रेडियोले विदुर नगरपालिका वडा नं. २ को महामण्डलको कालिका डाडाँमा दुई कोठे पक्की भवन निर्माण गर्न लागेको हो । भवनको शिल्यान्यास नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले आज एक कार्यक्रमकावीच गरेका थिए ।
हाल नुवाकोटको भैरवी उच्च माविको छात्रावास भवन भाडामा लिएर सञ्चालन हुँदै आएको एफएम आफ्नै जग्गामा निर्माण हुन लागेको भवनमा सर्न लागेको हो । एफएम सञ्चालन समितिका अध्यक्ष पुष्कर शर्मा रिमालका अनुसार एफएमको टावर कालिकाडाडाँमा सरेपछि रेडियोको प्रशारण पहुँच क्षेत्रसमेत विस्तार हुने छ । १२ लाख रूपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको दुई कोठे भवन पुस मसान्तभित्रै निर्माण सम्पन्न गरी माघको पहिलो सातादेखि नयाँ भवनबाट आफ्नो प्रशारण थाल्ने अध्यक्ष शर्माले बताए ।
एक सय वाट क्षमताको रेडियोले अहिले नुवाकोटका अधिकांश भूभागका साथै रसुवाको आधा जनसंख्या र सिन्धुपाल्चोक, धादिङका साथै मकवानपुरमा समेत सुनिँदै आएको छ । एफएमको टावर स्थानान्तरणसँगै एफएम स्टुडियो सदरमुकाम विदुर क्षेत्रमा सार्ने तयारीसमेत एफएम व्यवस्थापनले गरेको छ ।
भवन शिलान्यास कार्यक्रममा स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी, विदुर नगरपालिकाका कार्यकारी अधिकृत मानवबहादुर खड्का, राप्रपा नेपालका उपाध्यक्ष विष्णुप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष प्रकाशकुमार अधिकारी, गैससमहासंघ नुवाकोटका अध्यक्ष पदम उप्रेती, नुवाकोट उद्योग वाणिज्य सघका अध्यक्ष राजन श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।
सहकारीकर्मी खड्काको निधन
विदुर÷लायन वचत तथा ऋण सहकारी संस्थामा आवद्ध रहि सहकारी आन्दोलनमा सक्रिय रमिला खड्का अधिकारीको ४३ वर्षको उमेरमा मंगलवार निधन भएको छ ।
केही समयदेखि कलेजो क्यान्सर रोगवाट ग्रस्त भएकी खड्काको मंसिर ९ गते साँझ वट्टारको दम्कीस्थित आफ्नै घरमा अल्पायुमै निधन भएको हो ।
२०२८ सालमा जन्मिएकी खड्का २०६४ देखि लायन सहकारी संस्थाको संचालक समितिमा रहि सहकारीमा लागेकी थिइन् । खड्काको पार्थिक शरीरमा लायन सहकारीका अध्यक्ष कुमारलाल श्रेष्ठले सहकारीको झण्डा ओढाएर अन्तिम श्रदाञ्जली दिएका थिए । उनका श्रीमान, एक छोरा र एक छोरी छन् ।
ज्ञानज्योतिको ४१ औं वार्षिकोत्सव
विदुर÷ज्ञानज्योति उच्च मावि फिकुरीको ४१ औं वार्षिकोत्सव विहीवार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
नुवाकोटका स्थानीय विकास अधिकारी राजेन्द्र केसीले वार्षिकोत्सवको उद्घाटन गर्दै गुणस्तरीय र रोजगारमूखी शिक्षा नै अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै शिक्षाको लगानी प्रतिफल दिने खालको हुनुपर्ने धारणा राखे ।
विद्यालयका प्रधानाध्यापक निरनमान डंगोलको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयबाट गत वर्षको एसएलसी परीक्षामा विशिष्ठ श्रेणीमा पास हुने विद्यार्थीसहित कक्षागत पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीका साथै अतिरिक्त क्रियाकलापमा पुरस्कृत हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्दप्रसाद रिजालले विद्यालयको ५५ लाख रूपैयाँको आयव्यय प्रस्तुत गर्दै चालु आर्थिक वर्षको लागि ५२ लाख रूपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तुप्चे स्रोत केन्द्रका स्रोत व्यक्ति कृष्णप्रसाद भण्डारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ श्रेष्ठ, पूर्व शान्ति समितिका संयोजक देवनाथ भट्ट, नेकपा एमाले क्षेत्र नं. ३ का क्षेत्रीय उपाध्यक्ष भोजराज भट्ट, एकीकृत नेकपा माओवादीका यबुचन्द्र ढुंगेल तथा राजाराम देवकोटा, जिविसका जिल्ला शासन विज्ञ रामकृष्ण राजभण्डारी, राप्रपा नेपालका यादवराज सिलवाल, शिक्षक प्रल्हाद थापालगायतले मन्तव्य राखेका थिए ।
कांग्रेस जिल्ला अधिवेशनको तयारीमा
विदुर÷नेपाली कांग्रेस नुवाकोटको १३ औं जिल्ला अधिवेशनको तयारीको क्रममा शुक्रवार जिल्लाको तीन वटै क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न भएको छ ।
क्षेत्र नं. १ को ककनी, क्षेत्र नं. २ को खरानीटार र क्षेत्र नं. ३ को विदुरमा भएको क्षेत्रीय भेला भएको हो । क्षेत्रीय भेलाको लागि नेपाली कांग्रेसले क्षेत्र नं. १ मा रमेश महत, क्षेत्र नं. २ का लक्ष्मण श्रेष्ठ र क्षेत्र नं. ३ मा कृष्ण कुइँकेललाई तोकेको थियो ।
जिल्ला अधिवेशनको पूर्व तयारीको क्रममा क्षेत्रीय भेला सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ । क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोविन्द थपलिया, क्षेत्र नं. २ को क्षेत्रीय सभापति धु्रव श्रेष्ठ र क्षेत्र नं. ३ को क्षेत्रीय सभापति जगतबहादुर तामाङको अध्यक्षतामा भएको भेलाले आआफ्नो गाविसस्तरीय गाउँ भेला सम्पन्न गर्ने, क्रियाशील सदस्यता वितरण तथा नवीकरणलगायतको कार्यलाई तिब्रता दिने भएको छ । भेलामा गाउँ कार्यसमितिबाट आएका सभापतिहरूलाई सदस्यता वितरणको लागि फारम समेत दिएर पठाइएको थियो ।
यसैवीच, नेपाली कांग्रेस क्षेत्र नं. २ ले सक्रिय सदस्य नवीकरण तथा नयाँ बितरण कार्य मंसिर १९ गतेसम्म वडातहबाट निर्णय गराई क्षेत्रीय समितिमा बुझाउन निर्देशन दिएको छ । क्षेत्रीय सचिव रामजी पौडेलले मंसिर १९ गतेभित्र वडासमितिका सवै क्रियाशील सदस्यहरूलाई नविकरण र नयाँ सदस्यता आवेदन गर्ने म्याद दिइएको बताउँदै मंसिर १९ पछि प्राप्त भएको आवेदन उपर कुनै कारवाही नहुने जनाएका छन् ।
त्रिशूलीमा ओशो ध्यान शिविर
विदुर÷आशो ओमकार आश्रम त्रिशूलीमा शुक्रवारदेखि शनिवारसम्म एक दिवसीय सत्संग ध्यान शिविर सम्पन्न भएको छ ।
शिविरमा ५० भन्दा धेरै ओशो अनुयायीहरूको सहभागीता रहेको थियो । शिविरको उद्घाटन रवि स्वामी भुजुले गरेका थिए । भने स्वामी अन्तर प्रज्ञान नन्दकुमार शाक्य तथा रञ्जना शाक्यको पहलमा ५० लाख रूपैयाँको लागतमा निर्माण भएको ओशो ओमकार आश्रमको समेत उद्घाटन गरिएको छ । ओमकार आश्रमको उद्घाटन शनिवार ओशो तपोवनका आचार्य बोधिसत्व स्वामी आनन्द अरूणले गरेका थिए ।
खाजाको रकम सामाजिक सेवामा
विदुर÷फिकुरी गाविसमा गठन भएको नागरिक सचेतना केन्द्रले प्राप्त गर्ने अनुदानबाट सामाजिक कार्यमा प्रयोग हुने भाडा खरिद गरेका छन् ।
नागरिक सचेतना केन्द्रका लागि प्राप्त हुने ३० हजार मध्येबाट १५ हजार रूपैयाँ पदाधिकारीका लागि वैठकमा चियाखर्चको रूपमा प्रदान गरिने १५ हजार रूपैयाँबाट खरिद गरिएको ठेक्चीलगायतका सामाग्री खदिर गरिएको हो ।
नागरिक सचेतना केन्द्रले खरिद गरेको सामान विहीवार स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले केन्द्रका पदाधिकारीहरूलाई हस्तान्तरण गरेका छन् । सोही अवसरमा फिकुरी गाविसका २३ जना दलित महिलाहरूका लागि सञ्चालित तीन महिने सिलाई तालिमको समेत अनुगमन गरिएको थियो । कार्यक्रममा जिल्ला शासन विज्ञ रामकृष्ण राजभण्डारीको समेत सहभागीता रहेको थियो ।
अदालतको अवहेलना विषयमा छलफल
विदुर÷नुवाकोटको विदुरमा अदालतको अबहेलना सम्बन्धी विधेयक २०७१ माथि छलफल भएको छ । पछिल्लो समय सरकारले ल्याएको अदालतको अवहेलना सम्बन्धी विधेयकले सुचनाको हक र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम गरेकोले यसलाई पारित गर्न नहुने भन्दै नेपाल बार एशोसियसन र नेपाल पत्रकार महासंघले खुलेर विरोध गरिरहेका छन् ।
यही विद्ययेकमाथि छलफल गरी नुवाकोटको धारणा समेट्न आयोजित कार्यक्रमका सहभागिहरूले आ–आफ्नो सल्लाह सुझाव दिएका थिए ।
‘कानुन निर्माण प्रक्रियामा युवा तथा महिला केन्द्रीय विधयकी टाउन हल मिटिङ’ नाम दिइएको कार्यक्रममा ओमन एक्टकी अञ्जु केसीले विधेयक र अदालतको अवहेनाको बारेमा जानकारी गराएकी थिइन् ।
सुरक्षित मातृत्व सञ्जालको आयोजनामा भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाइटीका सभापति सुरतबहादुर चित्रकारले उद्घाटन गरेका थिए । कार्यक्रममा ओमन एक्टकी धन लामाले छलफल कार्यक्रम चलाउनुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा अदालतको अबहेलना सम्वन्धि विधेयक ल्याउन आवश्यक नभएको बताउँदै नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष प्रकाश अधिकारीले यस विधेयकलाई तत्काल फिर्ता लिन आग्रह गरेका थिए ।
सञ्जालको जिल्ला अध्यक्ष हरि श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सञ्जालका मध्यमाञ्चल उपाध्यक्ष राजकुमार भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
नुवाकोटमा वायोइनर्जी कार्यक्रम
त्रिशूली खवर संवाददाता
विदुर÷वातावरणिय प्रभावमा कार्वनको उत्सर्गन घटाउन सामुदायीक वन उपभोक्ता समुहमा लक्षित वायोइर्नर्जी कार्यक्रम संचालन सुरू गरिएको छ ।
सामुदायिक वनमा खेर गईरहेको वनमारा लगायतका जंगलमा पाईने झाडीलाई वैकल्पिक उर्जाको रूपमा तयार गर्न यूरोपेली यूनियनको आर्थिक सहयोग बायो ईनर्जी कार्यक्रम सुरू गरिएको हो । हेल्भटास नेपालको नेतृत्वमा विभिन्न पाच संस्थाले सञ्चालन गरिरहेको जैविक उर्जा परियोजना कार्यक्रमलाई युरोपियन युनियनले आर्थिक सहयोग गरेको छ ।
परियोजनाको कार्यक्रम अन्तर्गत सोमवार बाराही सामुदायिक वनको पदमखर्कमा उत्पादन प्रदर्शन गरिएको हो । रसुवा वाहेक वाग्मतीका सात र वाके, वर्दिया, कैलाली र कञ्चनपुर गरि एघार जिल्लामा यो कार्यक्रम ल्याइएको हो । सामुदायिक वनमा खेर जाने कच्चा प्रदार्थलाई सुधारिएको प्रविधिवाट चारकोल निर्माण गरिने र त्यसलाई खासगरि व्यवसायीक प्रयोजनको ईट्टाभट्टा र घरायसी रूपमा प्रयोग ल्याउन सके वातावरणमा हरित ग्यास र कार्वनको उत्र्सगमा कमी ल्याउन सकिने साझा व्यवसाय सिप विकास प्राली.का राजेन्द्रविक्रम शाहले बताए ।
वार्षिक ९ अर्व वरावरको कोईला आयात भईरहेको अवस्थामा आफ्नै वन भित्र रहेको कच्चा प्रदार्थवाट चारकोल निमार्ण गरि त्यसलाई प्रयोगमा ल्याउन सके ठूलो धनराशी विदेश जान वाट रोकीन सक्ने निर्देशक शाहीले बताए । विशेष गरी सामुदायिक वनमा खेर गइरहेका बनमारा, जंगल गोडमेलबाट निस्कने दाउरा, पतिंगरहरूलाई प्रयोगमा ल्याएर चारकोल निर्माण गर्ने गरिन्छ । निर्देशक शाहीका अनुसार अहिले विदेशबाट आयात भईरहेको कोइलालाई घटाउदै स्थानीय रूपमा उत्पादान गरिएको चारकोल बातावरणमैत्री कोइलाको प्रयोगलाई बढाउने योजना अनुसार समुदायमा प्रविधि विस्तार गर्ने योजना रहेको छ ।
घरायशी प्रयोग हुने ग्यासको विकल्पमा चारकोल प्रयोग हुदा चार जनाको परिवारमा पा“च सय रूपैया वचत हुने दावी वायो इर्नर्जीका ईन्जिनियर प्रदीप ज्ञवालीले बताउनुभयो । वैकल्पिक उर्जाका रूपमा चारकोल सस्तो लागतमा प्रयोग गर्न सकिदा ग्यास प्रयोजनमा समेत कमी आउने दावी गरिएको छ ।
सामुदायीक वन समुहका व्यक्तीलाई तालिम र सिपको माध्यमवाट व्यवसायीक उद्यमी वनाउने लक्ष्य वायोईनर्जीले लिएको छ । कम खर्चिलो र विना झन्झट खाल्टो प्रविधिवाट बन्ने चारकोल वनाउने प्रयोगलाई समुदाय सम्म लान सके रोजगारी सृजना गर्न सकिने र उर्जा संकटमा कमी ल्याउन सकिने विश्वास गरिएको छ । जिल्लामा सोमवार देखी सुरू गरिएको सुधारिएको कोइला उत्पादन प्रर्दशनी कार्यको जिविस र वन कार्यालयका प्रतिनिधिहरूले अवलोकन गरेका थिए ।
महासंघको ध्यानाकर्षण
विदुर÷तोकिएकै मितिमा नयाँ संविधान जारी गर्न माग गर्दै नुवाकोटका सञ्चारकर्मीहरूले सभामुखलाई स्मरण पत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा गएको पत्रकारहरूको समूहले प्रमुख जिल्ला अधिकारी मार्फत सभामुखलाई स्मरण पत्र बुझाएका हुन् ।
महासंघले लोकतान्त्रिक आन्दोलन र संघर्षको उपलब्धीस्वरूप प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता जस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्न महासंघले आग्रह गरेको छ ।
‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वानसहित स्मरणपत्र बुझाएको महासंघका अध्यक्ष प्रकाश अधिकारीले बताए ।
महासंघको तर्फबाट अध्यक्ष अधिकारीले प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई स्मरणपत्र हस्तान्तरण गरेका थिए ।

No comments:
Post a Comment