मान्छेको आयु १ सय २० वर्ष हुने चमत्कारी क्याप्सुल
शीर्षक हेर्दैमा कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो लाग्नसक्छ । तर, यो कुनै काल्पनिक कथा नभई
यथार्थ बन्नेवाला छ । वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पु¥याउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका छन् ।
रुसी वैज्ञानिकहरुको प्रयास पूर्णरुपमा सफल भएमा आम मानिसको आयु १ सय २० वर्षसम्म हुनेछ । र, अब १ सय २० वर्षे आयु लिएर बाँच्न सकिने दिन टाढा नभएको दाबी वैज्ञानिकहरुले गरेका छन् ।
रुसको मस्को स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुको एक टोलीले नयाँ प्रकारको एन्टी अक्सिडेन्ट तत्वको परीक्षण गरिरहेको छ जसको कारण उमेर छिप्पिने गतिलाई सुस्त पार्न सकिन्छ । यो एन्टीअक्सिडेन्ट युक्त क्याप्सुलको परीक्षण मुसा, माछा तथा कुकुरमा गरिएको छ ।
वैज्ञानिक टोलीका प्रमुख डाक्टर म्याक्सिम स्कुलाचेभका अनुसार अनुसन्धानमा रहेको उक्त एन्टी अक्सिडेन्टले सरीरमा उर्जा प्रदान गर्ने कोषीय भाग माइटोकोन्ड्रियाको कार्यप्रक्रियालाई नियन्त्रित गर्दछ । माइटोकोन्ड्रियाको गडबडीलाई नै मानिसमा बुढ्यौली, हृदयाघात तथा विभिन्न खाले रोगब्याधीको कारक मानिन्छ ।
शोधकर्ता स्कुलाचेभका अनुसार बुढ्यौली प्रतिरोधी औषधिको निर्माण प्राविधिक रुपमा सम्भव छ ।
मानिसलाई ८ सय वर्षसम्म बचाउन सकिने कुरामा विश्वास नभएपनि १ सय २० वर्षसम्म भने बचाउन सकिने उनको दाबी छ ।
सुरुवातको परीक्षण आयु लम्ब्याउने भन्दा पनि बुढ्यौलीको दरलाई घटाउनेमा केन्द्रित रहेको र यसमा सफलता मिलेमा माइटोकोन्ड्रियाको कार्यलाई प्रभावित गर्ने उपायको खोजी गरी आयुलाई १ सय २० वर्षमा पु¥याउन सकिने दाबी उनको छ ।
अफ्रिकामा खुल्यो समुद्रमुनि होटेल
समुन्द्रको पानीमुनि माछा पौडिएको हेर्दै सुत्ने चाहना कसको हुँदैन र ! यहीँ चाहनालाई मूर्तरुप दिँदै अफ्रिका महादेशको तान्जानियामा समुन्द्रमुनिको होटल संचालनमा आएको छ ।
तिनतले यो होटलको भान्साकोठा तथा उपल्लो तला पानी माथि भएपनि सुत्नेकोठा भने पूरै पानी मुनि डुबेको छ । त्यसैले बेडरुममा मज्जाले सुतेर सिसायुक्त झ्यालबाट सामुद्रिक जिवनको विहंगम दृश्य अवलोकन गर्न सकिन्छ ।
दी मन्टा रिसोर्ट नाम दिइएको यो होटेलको तल्लो तला समुद्रको ४ मिटर तलसम्म डुबेको छ । यो होटलमा एक रात बिताउनका लागि ९ सय डलर तिर्नुपर्छ । यदि जोडी बनेर जाने हो भने १५ सय डलर तिरेर रातभर समुद्रका माछाले जोडी बाँधेको सुतेरै अवलोकन गर्न पाइन्छ । जंजिबारमा खुलेको यो जलगत होटल विश्वको दोश्रो अण्डरवाटर होटल हो ।
यो होटल स्विडिस कलाकार माइकेल गेनबर्गले गरेका हुन् । जसले विश्वको पहिलो अण्डरवाटर होटल समेत बनाएका थिए । विश्वको पहिलो पानीमुनिको होटल स्विडेनको एक तलाउमा रहेको छ ।
यात्रुलाई जवानी चढ्दा जहाजलाई सकस
२६ वर्षे एक यात्रुले हवाइजहाज भित्रै हस्तमैथुन गर्न थालेपछि उडिरहेको जहाजलाई आकस्मिक अवतरण गराउनु परेको छ । सुन्दैमा आश्चर्य लाग्ने यो घटना अरु कहीँको नभएर अमेरिकाकै हो ।
सोमबार बोस्टनबाट लसएन्जल्सका लागि उडेको भर्जिन अमेरिका एयरलाइन्सको यात्रु डग एडम्सले जहाज आकाशमा उडिरहेकोबेला हस्तमैथुन गर्न सुरु गरेको र जहाजको ढोका खोल्ने प्रयास गरेपछि यस्तो आपत परेको हो ।
उनको यस्तो व्यवहारले अन्य यात्रुसँग झगडा प¥यो र पाइलटले उक्त जहाजलाई नेब्रास्कामा आकस्मिक अवतरण गराएको हफिन्टन पोष्टले जनाएको छ ।
जहाज अवतरण भएलगत्तै प्रहरीले एडम्सलाई पक्राउ गरी हतकडी लगाएर लगेको थियो । उनलाई मानिसक परिक्षणका लागि अस्पतालमा लगिएको एनबीसी लसएन्जल्स डट कमले उल्लेख गरेको छ ।
उक्त जहाजका एक यात्रुका अनुसार बाथरुम गएर आएपछि एडमले आफ्नो छेउँमा बसेकी महिलासँग झगडा गर्न थालेका थिए । त्यसपछि उनले विमान कर्मचारीलाई ती महिलालाई आफ्नो छेउँबाट हटाउन आग्रह गरे ।
सोही विषयमा उनको जहाजका यात्रुसँग झगडा र्पयो । त्यसपछि उनले जहाजको इमर्जेन्सी ढोकामा लगाएको प्लास्टिक हटाएर ढोका खोल्नका लागि तान्न थाले ।
धन्न उक्त जहाजमा यात्रु भएर बोस्टन प्रहरीका केही अधिकारीहरु समेत चढेका रहेछन् । प्रहरी अधिकारीहरुले उनलाई तत्कालै च्याप्पै समाते । त्यसपछि चालक दलका सदस्यहरुलाई विमान कर्मचारीहरुले खबर गरे र विमानको आकस्मिक अवतरण गरिएको बताइएको छ ।
सरकार विरुद्ध किसानको भेँडा आन्दोलन
दजभमबफ्रान्सको चर्चित इफेल टावर अगाडि किसानहरुको ठूलो संख्यामा आफ्ना भेडा जम्मा पारेर आन्दोलन गरेका छन् । सरकारी संरक्षणका कारण ब्वाँसोको संख्यामा वृद्धि भएको र ब्वाँसोले आफ्ना वस्तुभाउ खाइदिएर सखाप बनाएको भन्दै किसानहरु ब्वाँसो बचाउने सरकारको विरुद्धमा भेडा जम्मा गरी आन्दोलनमा उत्रिएका हुन् ।
‘आजका किसान, भोलिका बेरोजगार’ लेखिएको व्यानर समेत लिएर किसानहरु इफेल टावर अगाडि जम्मा भए । सरकारले ब्वाँसोको आक्रमणबाट आफ्ना वस्तुभाउलाई जोगाउनका लागि प्रभावकारी योजना ल्याउनुपर्ने उनीहरुको माग थियो । एकजना किसान त ब्वाँसोजस्तै भए त्यहाँ उपस्थित थिए ।
अचम्मको कुरा त के भने, किसानहरु ब्वाँसोको विरुद्धमा आन्दोलनमा उत्रिएको बेला इफेल टावरकै अर्कोपट्टी जनावर अधिकारकर्मीहरु भने ब्वाँसोको संरक्षण गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए ।
यसअघि सिकार गरिने ब्वाँसो सन् १९३० ताका फ्रान्समा झण्डै लोप हुने स्थितिमा पुगेको थियो । तर पछिल्लो समयमा सरकारले ब्वाँसोलाई संरक्षित वन्यजन्तुको सूचिमा राखेर सिकारमा प्रतिबन्ध लगाएपछि यसको संख्या ह्वात्तै बढेको छ ।
फ्रान्समा किसानले पालेका ५ हजार जति भेँडा एक वर्षमा ब्वाँसोले मारेर खाइदिने गरेको छ ।
समुद्रमा तैरिने विचित्रको सहर बनाउँदै जापान
यो दुनियाँमा असम्भव भन्ने कुरा केही होइन रहेछ । प्रविधिमा चमत्कार गर्दै आएको जापानले फेरि अर्को चमत्कार देखाउँदैछ र समुद्रमा तैरिने एउटा सहरको निर्माण गर्दैछ ।

कम्पनीका अनुसार सन् २०३० सम्ममा समुद्रमाथि तैरिने सहरको निर्माण भइसक्नेछ । उक्त सहरको नाम एटलान्टिस राखिनेछ । ग्लोब आकारको बाहिरी कवचभित्र रहने यो अत्याधुनिक सहरलाई छोप्ने गोलाकार कवचको निर्माण भने शिमीझु कम्पनीले गर्नेछ ।
यो अत्याधुनिक सहर साँच्चीकै विज्ञान प्रविधिको नयाँ वरदान हुनेछ । गोलाकार कवचभित्र रहने यो सहरमा

समुद्री तुफान आयो भने के गर्ने ? यसको पनि भरपर्दो र अनौठो उपाय छ । यदि समुद्रमा ज्वारभाटा आयो वा कुनै समुद्री तुफान आयो भने यो सहर समुद्रमुनि डुबुल्की मार्नेछ र ज्वार शान्त भएपछि सतहमा आउनेछ ।
५ सय मिटर परिधि भएको ग्लोबभित्र यो सहर रहनेछ । यसमा ५ हजार जनासम्म बासिन्दा हुनेछन् । यो सहर निर्माण गर्न २५ अर्ब डलर खर्च लाग्ने बताइएको छ ।
पाका दम्पतिको साझा जन्मदिन
१ सय ९ वर्षका करम चन्द र उनकी श्रीमती १ सय २ वर्षकी कर्तरीको उमेर जोड्दा २ सय ११ वर्ष हुन्छ । श्रीमान श्रीमतीको उमेर जोड्दा यो दम्पती विश्वको सबैभन्दा बढि उमेरको दम्पती हो । भारतीय मूलका बेलायती नागरिक करम र कर्तरीबीच ८८ वर्षअघि सन् १९२५ को डिसेम्बर ११ मा बिहे भएको हो, भारतमा । यो दम्पतीले बिहे गरेकै वर्ष मार्गरेट थ्याचरको जन्म भएको थियो ।

कर्तरीका अनुसार ती दीर्घजिवी दम्पतीले सधै स्वस्थ प्राकृतिक खानेकुरा खाने गरेका छन् । दुध, नौनी तथा मोही उनीहरुको निकै मनपर्ने खानेकुरा हो । आफुहरु दुबैजना सँगै दुखसुख गर्दैआएको र परिवारलाई केन्द्रविन्दुमा राखेको उनी बताउँछिन् । उनका आठजना छोराछोरी मध्ये एक छोरा पाउल पनि आफ्ना बुवाआमाको दीर्घजिवनका बारेमा सबैले अनौठो मानेर सोध्ने गरेको बताउँछन् ।
५ किलोमिटर लामो सुनको सिक्री !
सुनको सिक्री, घाँटीमा बेर्ने जत्तिकै लामो कहाँ हो र ! ५ किलोमिटर लामो । झ्वाट्ट सुन्दा यो हुनै नसक्ने कुरा जस्तो लाग्छ । तर यो सत्य हो ।
सुनको सहर भनेर चिनिने युएइको दुबइमा विश्वकै सबैभन्दा लामो ५ किलोमिटरको सुनको सिक्री बनिरहेको छ ।
यो सुनको सिक्री बनाउनका लागि २२ क्यारेट सुन १ सय ८० किलो लाग्नेछ ।
स्थानीय अखबारका अनुसार यो सिक्रीको माध्यमबाट दुबइले फेरी अर्को किर्तिमानी कामका लागि गिनिज बुकमा नाम लेखाउनेछ । दुबइ शपिङ महोत्सवमा प्रदर्शन गर्नेगरी यसको निर्माण भैरहेको हो । यो सिक्री बनाउनका लागि दुबइ गोल्ड एण्ड ज्वैलरी ग्रुपले अगुवाइ गरेको छ र ५ सय भन्दा बढि सुन बिक्रेताहरु यसमा सहभागी छन् ।
यो सिक्रीको नाम दुबइ सेलिब्रेसन राखिएको छ । आउँदो जनवरी १ देखि फेब्रुअरी १ सम्म हुने दुबइ सपिङ फेस्टिवलका क्रममा यो सिक्रीलाई प्रदर्शन गरिने योजना छ ।
यो सिक्री निर्माताले अहिले सर्वसाधारणसँग एउटा गजबको प्रस्ताव समेत राखेका छन् । शपिङ महोत्सवमा आउनेहरुले यो सिक्री बनाउनका लागि आफुले चाहेजति सुन दिन सक्नेछन् । अहिले दिएको सुन महोत्सव सकिएपछि उनीहरुलाई सिक्री काटेर फिर्ता गरिनेछ । साथै त्यसको सट्टा ब्रासलेट समेत लिन सकिनेछ ।
यो सिक्री बनाउनका लागि अहिले ७० जना कालिगढ खटिएका छन् । उनीहरुले हरेक दिन १० घण्टा लगातार काम गरिरहेका छन् । २ सय मिटर लामो ठाउँमा यो सिक्रीलाई बेरेर प्रदर्शनीमा राखिनेछ र यसका लागि १० जना कालिगढ खटाइनेछ । साथै यसको सुरक्षाका लागि दुबइ पुलिस तथा यातायात विभागको समेत सहयोग लिइनेछ ।
मोबाइलमा विश्व रेकर्ड
एक सत्रवर्षे किशोरले स्मार्टफोनमा १७ सेकेण्डमै २५ शव्द टाइप गरी विश्वरेकर्ड कायम गरेका छन् ।
स्मार्टफोनको टच स्क्रिनमा सबैभन्दा छिटो टाइप गर्ने यसअघिको आफ्नै किर्तिमान तोडेर नयाँ किर्तिमान बनाउने ब्राजिलियन किशोरको नाम मार्सेल फर्नान्डेज फिल्हो हुन् ।
गएको मे मा उनले १८÷१९ सेकेण्डमा सामसुङ ग्यालेक्सी फोर स्मार्टफोनको स्क्रिनमा गिनिज वल्र्ड रेकर्डको निर्धारित शव्दाबली टाइप गरी रेकर्ड कायम गरेका थिए । आफ्नो सो रेकर्ड तोड्नका लागि उनले आइफोन सिक्स प्लस तथा सिन्टेल्लाको फ्लेक्सी किबोर्डको प्रयोग गरी १७ सेकेण्डमै २५ शव्द टाइप गरिभ्याए । गएको नोभेम्बर ७ मा न्युयोर्कमा भएको कार्यक्रममा उनले यस्तो किर्तिमान कायम गरे ।
जिजुआमाले आकाश यात्रा
दुनियाँमा सय वर्ष बाँच्ने मानिस कमै हुन्छन् । त्यसैले सय वर्ष पुगेको दिन मनाउने एक सयौँ जन्मदिन विशेष महत्वको नहुने कुरै भएन । यहीँ विशेष दिनलाई अझै विशेष बनाउने गरी अमेरिकाकी एक वृद्धाले आकाशबाट हाम फालेकी छिन् ।
न्युयोर्क निवासी एलिनोर कनिंघमले आफ्नो १ सयौँ जन्मदिनका उपलक्ष्यमा शनिवार आकाशबाट प्यारासुटमा छलाङ (स्काइ डाइभ) मारेकी छिन् । जन्मदिन मनाउने साहसमा अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुसलाई पछि पारेकी एलिनोरले स्काइ डाइभ गर्नुअघि आफ्नो परिवारकी ७ महिने खनातिनीलाई चुम्बन गरेकी थिइन् । बुसले ९० औँ जन्मदिनको अवसरमा स्काइडाइभ गरेका थिए ।
कनिंघमका लागि त्यो तेश्रो स्काइ ड्राइभ हो । यसअघि उनले दुइपटक आकाशबाट हाम फालिसकेकी छिन् । स्काइडाइभ गर्नुअघि उनको स्वास्थ्य परीक्षण गरिएको थियो र डाक्टरले उनको स्वास्थ्यले आकाशबाट हाम फाल्न कुनै फरक नपर्ने प्रमाणित गरिदिएका थिए ।
ती वृद्धालाई १ सय वर्षमा स्काइ ड्राइभिङ गराउने कम्पनी सरटोगा स्काइड्राइभिङका अनुसार उनी स्काइड्राइभिङ गर्ने सबैभन्दा पाको उमेरकी महिला हुन् ।
No comments:
Post a Comment